May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल तेस्रो खेलमा न्युजिल्यान्डसँग ४–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले तथा अष्ट्रेलियासँग ३–२ ले पराजित भएको थियो । बुधबार भएको मिक्स […]
May 22, 2019
धनगढी (हाम्रो खेलकुद)- एसटिएस टेलिभिजनले धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फ्ल्याटल्याण्ड फुटसलमा बुधवार भएको फाइनल खेलमा पश्चिम टुडेलाई १४–४ को फराकिलो गोल अनतरले पराजित गर्दै एसटिएसले उपाधि जितेको हो । सटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे । पश्चिम टुडेका लागि […]
May 22, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र […]
May 22, 2019
बार्सिलोना (एजेन्सी)– एन्टोनियो ग्रिजमनलाई उत्कृष्ट खेलाडी बताएका बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेले कोपा डेल रेको फाइनल अघि कुनै पनि खेलाडीसँग सम्झौता नगरिने प्रष्ट पारेका छन् । ग्रिजमनले हालैमात्र एट्लेटिको म्याड्रिड छोड्ने बताएपछि उनी बार्सिलोनामा आबद्ध हुने चर्चा सुरु भएको थियो । विश्व कप विजेता फ्रान्सेली फरवार्डका लागि बार्सिलोना १ सय ८ मिलियन पाउन्ड रिलिज रकम तिर्न […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । बुधबार लुधियानामा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दा सावित्राले २ गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा […]
May 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन अब मात्र ८ दिन बाँकी छ । सबैको ध्यान ३० मे देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा केन्द्रित छ । विश्वकप कसले जित्ला-नजित्ला भन्ने तर्कहरु समर्थक र क्रिकेट विश्लेषकहरुले आ-आफ्नो तर्फबाट गरिरहेका छन् । धेरैको भारत,इंग्ल्यान्ड र अष्ट्रेलिया मध्यबाट एकले जित्ने आँकलन छ […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा टोली जेठ १० गतेबाट सुरु हुने प्रधानमन्त्री एक दिवसिय राष्टिय प्रतियोगिताको लागि प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बुधबार घोषणा गरेको टोलीमा कप्तान पारससँगै थुप्रै युवा खेलाडीले मौका पाएका छन् । प्रतियोगितामा ७ प्रदेश र […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली जुनको पहिलो साता हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइको सामना गर्दैछ । नेपाली टोलीको गोलरक्षक प्रशिक्षकमा अहिले जापानका तोसिहिरो मित्सुमारु छन् । उनले राष्ट्रिय टोलीको अन्तिम छनोटमा परेका किरण चेम्जोङ, विकेश कुथु र […]
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको भारतीय महिला लिग फुटबलमा नेपाली गोलमेसिन सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथुले उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि लुधियानास्थित गुरु नानक स्टेडियममा हुनेछ । सावित्रा भण्डारीको उच्च प्रदर्शनमा अपराजित रहेर फाइनल यात्रा तय गरेको सेथु अपराजित रहँदै फाइनल जित्ने […]
May 22, 2019
एजेन्सी – आर्सनलका गोलरक्षक पिटर चेक पुर्व लन्डन क्लब चेल्सी फर्कने भएका छन् । तर, चेक गोलरक्षकको भुमिकामा नभई चेल्सीको स्पोर्टिङ डाइरेक्टर रुपमा चेल्सी फर्कने भएका हुन् । लामो समय चेल्सीमा बिताएका ३७ वर्षीय चेकले यसै सिजनपछि सन्यास लिदैछ । सन्यास लगत्तै उनले चेल्सीको स्पोर्टिङ डाइरेक्टर बन्न लागेको हो । मिडियाका रिपोर्ट अनुसार यस विषयमा […]