May 30, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन च्याम्पियन युभेन्टसबाट अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई क्लबमा अनुबन्धन गर्ने प्रयास गरेको छ । सिजनको अन्त्यसँगै दुइ सिजनका लागि लोनमा आएका मिडफिल्डर हामेस रोड्रीग्वेज म्याड्रिड फर्केसँगै बायर्न आक्रमणमा खेलाडीको खोजीमा छ । अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानले बायर्न झनै समस्यामा परेको छ । यस्तो अवस्थामा बायर्नले […]
May 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण को उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुदैं छ । र्भखर लन्डनमा टस जितेर दक्षिण अफिकाले पहिला बलिङ निर्णय लिएको छ । यी दुवै देशले हालसम्म विश्वकप उपाधि जित्नसकेका छैनन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा […]
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली आज साँझ मलेसिया प्रस्थान गर्दैछ । नेपालले मलेसियासँग आइतबार र त्यसपछि जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो । जोहान कालिनले प्रशिक्षण सम्हालेयता नेपालको यो दोस्रो विदेश भ्रमण हो । यसअघि नेपालले कुँवेत दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । […]
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पश्चिमतर्फको बार भत्काउन नेतृत्व गर्ने प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ । नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले पार्टी सदस्य कँडेललाई निलम्बन गरेको बताएका छन् । ‘पार्टीले गर्ने कारवाही भनेको निलम्बन नै हो,’ अध्यक्ष परियारले हाम्रो खेलकुदसँग भने,‘अरु कारवाही गर्ने प्रशासनले गर्ने हो […]
May 30, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख गोलरक्षक किरण चेम्जोङको माल्दिभ्सको शीर्ष डिभिजन लिग च्याम्पियन ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्ससँग सम्झौता नहुने भएको छ । किरणले राष्ट्रिय टोलीबाट हुने मैत्रीपूर्ण खेललाई प्राथमिकता राखेपछि क्लबले उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । यसअघि दुवै पक्षबीच मौखिक सहमति भएपछि किरणले आफ्नो तर्फबाट सम्पूर्ण कागजपत्रमा […]
May 30, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा चेल्सी युरोपा लिगको च्याम्पियन बन्न सफल भयो । चेल्सीले बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ ले हराएर च्याम्पियन बनेको हो । सम्भवत चेल्सीका लागि अन्तिम खेल खेलिरहेका हजार्डले ६५औं मिनेट र ७२औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरेका थिए । रेफ्रीले फाइनल ह्वीसिल […]
May 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदैछ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् । उद्धघाटन खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ३ : १५ […]
May 30, 2019
एजेन्सी – चेल्सीका स्टार विंगर इडेन हाजार्डले आफू नयाँ चुनौतिको सामना गर्न तयार रहेको बताएका छन् । बिहीबार युरोपा लिग फाइनलमा आर्सनलविरुद्ध २ गोल गर्दै चेल्सीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डले क्लब छाड्ने संकेत देखाएका हुन् । लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसंग उनको नाम जोडिंदै आएको थियो । हाजार्डले क्लबको नाम नतोकेपनि […]
May 30, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि फराकिलो जित निकाल्दै लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै युरोपा लिग च्याम्पियन बनेको हो । चेल्सीको फराकिलो जितमा सम्भवत अन्तिम खेल खेलिरहेका बेल्जियन फरवार्ड इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो […]
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा धुर्मुस(सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला तारबार स्थानिय समूहले बुधबार बिहान डोजर लगाएर भत्काइदिएका छन् । बाटोको माग गर्दै बुधबार बिहान करिब ६ बजेतिर झन्डै २ सय जना स्थानियको समुहले डोजर लगाएर बार भत्काएको धुर्मुस(सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । बार मंगलबारमात्रै लगाइएको थियो […]