default_image

lokpriya

June 6, 2019

स्टार्कको घातक बलिङसँगै अष्ट्रेलिया विजयी

एजेन्सी – अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । २ सय ८९ रनको […]

June 6, 2019

संकटा नुवाकोट गोल्ड कपको क्वाटरफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सिएमजी क्लब संकटा दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा संकटाले आयोजक चितवन–११ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चितवन–११ का सुरज […]

June 6, 2019

सातौं खेलमा तोडियो गोलको खडेरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार भएको मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइलाई १-१ को बराबरीमा रोक्यो । नेपालका लागि अभिषेक रिजालले खेलको दोस्रो हाफमा गोल गरेका थिए । नेपालले चाइनिज ताइपेइविरुद्ध गोल गर्दै सातौं खेलमा गोलको खडेरी अन्त्य गरेको छ । पछिल्लोपटक नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेको थियो । समूह चरणको अन्तिम […]

June 6, 2019

अन्तर स्कुल टेटे च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अन्तर स्कुल राष्ट्रिय टेवल टेनिस च्याम्पियनसिप शुरु भएको छ । आदर्श विद्यामान्दिरको टेटे हलमा बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा ब्वाइज र गल्र्समा यु–१० र यु–१२ मा प्रतिस्पर्धा भइरहेको छ । यु–१० ब्वाइजतर्फ एसभीआइका उज्वल मानन्धरले जुगलका हन्सल गिरीलाई ३–० को सोझो सेटमा पराजित गरे । सिजिएका आशिष भट्टाईले […]

June 6, 2019

नेपाल र चाइनिज ताइपेइ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा पछाडी परेको नेपाललाई दोस्रो हाफको ६४ औं मिनेटमा अभिषेक रिजालले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सन्तोष र अभिषेक दुवै पहिलो पटक सुरुवाती रोजाईबाट खेलेका हुन् । […]

June 6, 2019

नेपाल पहिलो हाफमा १–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– चाइनिज ताइपेविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । नेपाली टोलीले खेलको ४० औं मिनेटमा गोल खाएको थियो । नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश […]

June 6, 2019

पुलिस र एपीएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस समूह ‘ख’ मा अपराजित तथा एपीएफ समूह ‘क’ मा अपराजित रहँदै समूह विजेता बनेर अन्तिमा चारमा पुग्न सफल भएको हो । यससँगै सेमिफाइनल समिकरण […]

June 6, 2019

नेपाल विरूद्ध चाइनिज ताइपेइ (प्रत्यक्ष प्रसारण)

नेपाल विरूद्ध चाइनिज ताइपेइ प्रत्यक्ष प्रसारण नियमित गोलकिपर किरण चेम्जोङले नेपालको पोष्ट सम्हाल्नेछन् भने रक्षकमा अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, सुमन अर्याल छन् । त्यस्तै मिडमिफल्डमा रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, रविशंकर पासवाल, सन्तोष तामाङ छन् । फरवार्डमा अभिषेक टोलीमा छन् ।

June 6, 2019

पल्सर स्पोर्टस् अवार्डको प्रत्यक्ष प्रसार एभिन्यूजमा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्डको प्रत्यक्ष प्रसारण एभिन्यूज खबरले गर्ने भएको छ । एभिन्यूज खबरकी सिओओ समृद्धि राजभण्डारी र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्ड असार १७ गने राजधानीमा आयोजना हुनेछ । एभिन्यूजले लामो समयदेखि अवार्डको प्रत्यक्ष प्रसारण गर्दै आएको […]

June 6, 2019

अभिषेक चाइनिज ताइपेविरुद्ध पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद)– सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अभिषेक रिजाल चाइनिज ताइपेविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईमा पर्न सफल भएका छन् । जेठ १९ गते मलेसियाविरुद्ध भएको खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै अभिषेकले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । एन्फा डेमा अभिषेक यो वर्ष उदयमान खेलाडीका रुपमा पुरस्कृत भएका थिए […]

Success

Thank you for your time.