default_image

lokpriya

April 23, 2019

जापान र थाइल्यान्डमाथि प्रिन्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा नेपाली स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा आजबाट शुरु भएको सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज २०१९ मा विजयी सुरुवात गरेका छन् । प्रिन्सले यु–१७ तर्फ जापान र थाइल्यान्डका खेलाडीलाई पराजित गर्दै राउन्ड अफ ६४ मा पुग्न सफल भएका हुन् । प्रिन्सले राउन्ड अफ २५६ को खेलमा जापानका काकुटा कोसुकीलाई २१–६ […]

April 23, 2019

शरदको घातक बलिङसँगै एपीएफ फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटतर्फ पुरुषअन्तर्गत पहिलो सेमिफाइनलमा प्रदेश १ लाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपीएफ फाईनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । सामान्य ५० रनको लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाउदै […]

April 23, 2019

कठिन जितसँगै आर्मी फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले प्रदेश ५ माथि कठिन जित निकाल्दै आठौं अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा मंगलबार भएको निै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको उपविजेता समेत रहेको आर्मीले घरेलु टोली प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै लगातार […]

April 23, 2019

चेल्सी बर्नलीसँग रोकियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको ३५ खेलबाट ६७ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको पनि समान […]

April 23, 2019

दिल्ली आईपीएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै […]

April 22, 2019

रहाणेको शतकमा दिल्लीलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर अजिंक्या रहाणेले आफ्नो आईपीएल करियरकै उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजिस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका […]

April 22, 2019

राजस्थानविरुद्ध सन्दीप बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानलाई राजस्थान रोयल्सविरुद्ध बेन्चमा राखेको छ । राजस्थानको घरेलु मैदान जयपुरमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । राजस्थानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को […]

April 22, 2019

गौरिकालाई राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा पनि आफ्नो उच्च लयलाई निरन्तरता दिएकी छिन् । पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक कीर्तिमान कायम गरिन् । महिला १ सय मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले […]

April 22, 2019

आठौंमा जिम्न्याष्टिक – एपिएफका राजुलाई ५ स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते […]

April 22, 2019

ऐतिहासिक आठौं नै पूर्वाधार विकासको आधार

प्रकाश तिमल्सिना, नेपालगन्ज तत्कालिन पूर्वाञ्चल (हालको प्रदेश १) मा दुई वर्ष अघि सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा सम्पन्न नभई सकेकोले निकै आलोचना भएको थियो । अधुरा संरचना र कतिपय खेल त्रिपालमुनी सम्पन्न गरियो भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चर्को ओलोचनाको शिकार हुनु परेको थियो । त्यसबाट थोरै पाठ सिकेको […]

Success

Thank you for your time.