default_image

lokpriya

April 27, 2019

आयोजकलाई हराउँदै संकटा सेमिफाइनल

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै सिएमजी क्लब संकटा चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । काँकडभिट्टा माविको खेल मैदानमा शनिबार भएको खेलमा संकटाको जितमा फोफाना फोडेले ह्याट्रिक तथा क्रिस्टियनले गोल गरे । आयोजकका बिमल घर्तीमगरले एक गोल फर्काए । खेलको सुरुवातबाटै आयोजकमाथि […]

April 27, 2019

भारतका विकासलाई हराउँदै प्रिन्स फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ को फाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार सेमिफाइनलमा भारतका विकास यादवलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले पहिलो सेट २१–९ र दोस्रो सेट […]

April 27, 2019

पुलिससँग न्यु डायमन्डको हार

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह चरणको खेलमा विभागीय नेपाल पुलिस क्लबसँग हार बेहोरेको छ । शनिबार भएको समूह चरणको दोस्रो खेलमा न्यु डायमन्ड पुलिससँग ३–१ को सेटमा पराजित भएको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार भएको खेलमा न्यु डायमन्ड सुरुवाती सेटबाट नै […]

April 27, 2019

युवा स्टार सान्चो अनुबन्ध गर्न रियल र म्यानचेस्टरको दौड

एजेन्सी – इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा विङ्गर जाडोन सान्चोलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड दौडमा उभिएको छ । यो सिजन निकै खराव प्रदर्शन गरिरहेको रियलले बेल्जियन तथा चेल्सीका हजार्डसँगै सान्चोलाई पनि अनुबन्ध गर्ने प्रयास थालेको हो । रियलले १९ वर्षीय सान्चोलाई १०० मिलियन पाउन्ड मुल्य तोक्दै […]

April 27, 2019

२० वर्षको उमेरमा मेसीभन्दा एमबाप्पे उत्कृष्ट !

पेरिस (एजेन्सी)– फ्रान्सेली युवा खेलाडी केलियन एमबाप्पलेलाई धेरैले भविष्यको सुपरस्टारका रुपमा हेरेका छन् । २० उमेरमा प्राप्त गरेको सफलताका आधारमा उनीलाई भविष्यको ठूलो खेलाडीका रुपमा हरिएको हो । २० वर्षको उमेरमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले जति सफलता प्राप्त गरेका थिए एमबाप्पले त्यो भन्दा राम्रो प्रदर्शन गरेका छन् । फ्रान्सेली फरवार्ड विश्व कप विजेतामा समावेश […]

April 27, 2019

हङकङलाई हराउँदै नेपाल फाईनलमा

एजेन्सी – नेपाल थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । नेपालले उपाधिको लागि आईतबार सिंगापुर र मलेसिया मध्य एक टोलीसँग खेल्ने छ । मलेसिया र सिंगापुरबीच अर्को सेमिफाईनल खेल जारी छ । सामान्य ८७ रनको लक्ष्य नेपालले २१.४ […]

April 27, 2019

चेल्सीमा हजार्डको विकल्प कौटिन्हो !

एजेन्सी – लन्डन क्लब चेल्सीले आउँदो समर ट्रान्सफरमा ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका प्ले मेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको छ । चेल्सीले बेल्जियन फरवार्ड इडेन हजार्डको विकल्पमा कौटिन्होमाथि पहिलो नजर राखेको हो । हजार्ड यसै समरमा स्पेनिस महारथी रियाल म्याड्रिडमा अनुबन्धन हुने सम्भावना बढेको छ । रियालमा नयाँ प्रशिक्षक जिनेदिन जिदान आएसँगै उनले […]

April 27, 2019

फाईनल पुग्न नेपाललाई सामान्य लक्ष्य

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिताको सेमिफाईनल खेलमा हङकङले नेपाललाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटियो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा […]

April 27, 2019

यू१६ सेमिफाइनल : नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेटको सेमिफाईनल खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । भर्खर थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा सम्पन्न टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । टस जितेर हङकङले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । त्यस्तै अर्को सेमिफाईनलमा मलेसिया सिंगापुर भिड्दै छन् । नेपाल समुह ए […]

April 27, 2019

नेयमारलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारलाई यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ । युइएफएले नेयमारलाई युरोपेली प्रतियोगितामा लागु हुने गरी ३ खेलको प्रतिबन्ध सुनाएको हो । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीविरुद्ध नकारात्मक टिप्पणी गरेका थिए । नेयमारले विशेषगरी खेलको अन्तिम समयमा म्यानचेस्टर युनाइटेडले […]

Success

Thank you for your time.