July 18, 2019
एजेन्सी – नयाँ सिजन शुरु हुनुअघिको प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । क्यालिफोर्नियामा बिहीबार बिहान भएको खेलमा आर्सनलले बायर्नलाई २–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । ४९औं मिनेटमा लुइस पोजनान्सकीको आत्मघाती […]
July 18, 2019
एजेन्सी – नयाँ सिजन सुरु हुनुअघिको युरोपियन क्लबहरुको मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ । बिहीबार बिहान अमेरिकाको वासिङटनमा भएको खेलमा डर्टमन्डले घरेलु टोली सियाटल साउन्डर्समाथि ३–१ को सहज जित निकालेको हो । डर्टमन्डको सहज जितमा मारिअस वल्फ, पाको अल्कासेर र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका जोनाथन क्याम्पवेलले एक […]
July 18, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा टोटेनहम हस्टपरका डिफेन्डर किरियन ट्रिपिएर स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएका छन् । ट्रिपिएरलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बुधबार ३ वर्षको लागि २० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ट्रिपिएर क्लबमा अनुबन्ध भएसँगै क्लबको प्रशिक्षणमा सामेल भएको छन् । २८ वर्षीय ट्रिपिएरले टोटेनहममा ४ वर्ष बिताएका थिए । उनी एट्लेटिकोको इतिहासमा […]
July 18, 2019
एजेन्सी – तीन पटकको च्याम्पियन नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पारेको छ । बुधबार राति भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । अल सलाम स्टेडियम इजिप्टमा भएको खेलको शुरुमै ओडिअन इगहलोले गरेको गोल नै निर्णायक बनेको थियो । ओडिअनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ मिनेर्भा पन्जाब फर्किएका छन् । क्लबले उनीसँग सम्झौता गरेको जनाएको छ । किरणले सन् २०१८ मा मिनेर्भाबाट खेल्दै क्लबलाई लिग उपाधि दिलाएका थिए । त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जितेका थिए । किरण गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा तेस्रो पटक आयोजना हुन लागेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जानकारी गराएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई दिने प्रतियोगिताको सम्पुण्र्उा तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता बिहीवारदेखि आइतवारसम्म हुने भएपनि […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटमा अष्ट्रेलियासँग खेल्न पाउनु नेपाली खेलाडीको लागि राम्रो अवसर रहेको बताएका छन् । बुधबार मलेसियास्थित एएफसी मुख्यालयमा भएको विश्वकप छनोटको दोस्रो चरण अनतर्गत समूह चरणको ड्रमा नेपाल समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत सम्मिलित समूहमा परेको हो । नेपालले […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिनापछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को केहि खेलको आयोजनास्थलका रुपमा हेरिएको पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोट्र्स इन्फ्रा र […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरण तथा २०२३ को एसियन कपको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । फिफाले बुधबार निकालेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । त्यसपछि नेपालले […]