default_image

lokpriya

May 3, 2019

सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा

एजेन्सी –मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ । सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई […]

May 3, 2019

हैदरावाद र मुम्बईबीचको खेल सुपर ओभरमा

एजेन्सी – मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल सुपर ओभरमा पुगेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक एक रन […]

May 2, 2019

मञ्चले भोम्जनलाई सम्झियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो । २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो […]

May 2, 2019

यू १६ क्रिकेटमा प्रदेश ३ र ७ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार प्रदेश ३ र ७ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर […]

May 2, 2019

आर्मी मेची नेत्रालय गोल्डकपको फाइनलमा , नवयुगको २ गोल

झापा (हाम्रो खेलकुद)– मेची नेत्रालय गोल्ड कप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । झापा काकरभिट्टतको मैदानमा बिहीबार दीप लामाको निर्णायक गोलमा रुस्लान थ्रीस्टार क्लबलाई ३–२ ले हराउँदै आर्मीले पुलिससँगको भेट पक्का गरेको हो । आर्मी तेस्रो पटक मेची नेत्रालय गोल्डकपको फाइनलमा […]

May 2, 2019

खेलकुद मन्त्रीलाई कप्तान पारसको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि पहल गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् । नेपाली क्रिकेट टोली, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई […]

May 2, 2019

डब्लुसिएल फेरि सर्यो

काठमाडौं – क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी ट्वान्टी लिग फेरी सर्ने भएको छ । आयोजकले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । यसअघि पनि मिति सारिएको थियो । पछिल्लो पटक जेठ ३ देखि ११ गते सम्म प्रतियोगिता […]

May 2, 2019

सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद)- ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्धन्द्धी ग्रान्डमास्टर जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेलमाथि १–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ […]

May 2, 2019

यू १९ महिला टोली स्वेदश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १९ टोली म्यानमारबाट बिहीबार स्वदेश फर्केको छ । एएफसी यू१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा भाग लिदै नेपाली टोली घर फर्केको हो । नेपालले खेलेका तीनै खेलमा हार बेर्होदै दोस्रो चरणबाट बाहिरिएको थियो । अस्ट्रेलियासँग ११–१ को लज्जास्पद हारसँगै छनोटको यात्रा थालेको नेपाली टोली अर्को खेलमा उज्वेकिस्तानसँग ४–० ले पराजित […]

May 2, 2019

क्रिकेट, फुटबल टोली र महेश्वरलाई पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले राष्ट्रिय क्रिकेट टोली, सागको स्वर्ण विजेता यू २३ टोली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सिंहदबारमा बिहीबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई नगद प्रदान गरे । मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकले महर्जन, क्रिकेट टोली र […]

Success

Thank you for your time.