default_image

lokpriya

May 7, 2019

सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले सोमबार इन्डियन वुमन्स लिगमा डेब्यु गरिन् । सेथु फुटबल क्लबको लागि खेल्दै सावित्राले पहिलो खेलमा नै ४ गोल गर्दै उत्कृष्ट सुरुवात दिलाइन् । मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध लिगको पहिलो खेलमा सेथुले ६-४ को जित दर्ता गर्दा सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् […]

May 7, 2019

बनेपा, चाबहिल र ट्रिटन विजयी

काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्टस् सेन्टर, चाबहिल स्पोर्टस् क्लब र ट्रिटन कलेज काठमाडौंमा काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा मंगलबार भएको खेलमा बनेपा स्पोर्टस् सेन्टरले सनराइज फुटबल क्लब काभ्रेलाई १–० ले पराजित गेको हो । बनेपाको जितमा स्टेभनले खेलको २१औं मिनेटमा गरेको गोल […]

May 7, 2019

‘साफ बाहिरका देशसँग नियमित खेल्नुपर्छ ‘ – प्रशिक्षक कालीन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मंगलबारदेखि दुई मैत्रीपूर्ण खेललाई लक्षित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले सेप्टेम्बरदेखि सुरु हुने विश्वकप छनोटमा एसियाका ठूला टोली जापान, दक्षिण कोरिया, इरान लगायत टोलीसँग पनि खेल्नुपर्नेछ । नेपाली […]

May 7, 2019

टीयू मैदानमा अमेरिका र ओमानसँग सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा […]

May 7, 2019

फाइनलमा स्थान बनाउन चेन्नई र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपिएल) को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईको घरेलु मैदान एमए चिदम्बरम मैदानमा सुरु हुनेछ । यो सिजनको आईपिएलमा यस अघि लिगका दुवै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो । चेन्नई घरेलु मैदानमा ४६ […]

May 7, 2019

प्रदेश २ लाई मनमोहन यू–१६ उपाधि, सुवास सर्वोकृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो । प्रदेश २ ले उपाधिसहित २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको ब्याट,बल किट,लगायतको खेलकुद सामग्री प्राप्त गर्यो । सुदरपश्चिमले १ लाख २५ हजार […]

May 7, 2019

पाथीभरा भलिबल– आर्मी र एपिएफ भिड्ने

ताप्लेजुङ – साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल पुगेका छन् । ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसले प्रदेश […]

May 7, 2019

कसले लिन्छन् सलाह र फिर्मिनोको स्थान ?

एजेन्सी – लिभरपुलका स्टार फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले चोटका कारण बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । यससँगै लिभरपुलले यी दुईको विकल्पका रुपमा नयाँ रणनीति बनाउने भएको छ । सलाह र फिर्मिनोले मिलेर यस सिजन लिभरपुलका लागि ४२ गोल गरेका छन् । २६ गोल गरेका सलाह न्युकासलविरुद्ध टाउकोको चोटका कारण […]

May 7, 2019

नैकापमा ब्याडमिन्टन एकेडेमी र कभर्डहल बन्ने

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकास्थित नैकापमा नेपाल ब्याडमिन्टन संघको सुविधा सम्पन्न एकडेमी र कभर्डहल बन्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ मा स्थित नैकाप भन्ज्याङ नजिक रहेको करिव ८ रोपनी क्षेत्रफलमा बन्न लागेको कभर्डहल र एकेडेमीको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सिलान्यास गरे । यो नेपाल ब्याडमिन्टन […]

May 7, 2019

मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टिमले मलेसिया र चाइनिज ताइपेईविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि प्रशिक्षण सुरु गरेको छ । टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबारबाट सुरु भएको हो । मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक सुचीमा ४२ जना खेलाडीलाई बोलाएका छन् । यही ४२ जनाबाट अन्तिम टोली निर्माण गरिने प्रशिक्षक […]

Success

Thank you for your time.