default_image

lokpriya

October 6, 2024

भारत र पाकिस्तान खेल्दै

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा आज भारत र पाकिस्तानबीचको खेल छ । खेल दुबईमा नेपाली समय अनुसार आइतवार दिउसो ३ः४५ बजे सुरु हुनेछ। समूह ए मा रहेका भारत र पाकिस्तान विश्वकपको दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदा पाकिस्तानले भने श्रीलंकालाई हराएको थियो । भारत र पाकिस्तानबीचको पछिल्लो ५ […]

October 6, 2024

हिमालयन एयरलाइन्सलाई एभिएसन फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एयरलाइन्सले एभिएशन फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । गीता एभियशनले शनिवार आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको आर्मी एयरफोर्सलाई ४-२ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनको जितमा पवन प्रजापतीले २, अनिल थापा र कञ्चन विष्टले समान १ गोल गरेका थिए । आर्मीका लागि १ गोल […]

October 6, 2024

मियामीले टोरन्टोलाई हरायो

एजेन्सी – शीर्ष स्थानको इन्टर मियामिले मेजर सकर लिग (एनएसएल) मा टोरन्टो एफसीलाई पराजित गरेको छ । आइतवार बिहान २१औं जित दर्ता गर्ने क्रममा मियामीले १-० को जित हात पारेको हो । बिएमओ फिल्डमा भएको खेलमा मियामीको जितमा एकमात्र गोल लियोनार्डो क्याम्पानाले गरे । क्याम्पानाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन्। सुरुवाती ११ मा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

क्यानडामा नेपाल टोलीको जित

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानिय टोलीलाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपाल २० रनले विजयी भयो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र जोड्न सक्यो । स्थानिय टोलीका […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर […]

October 5, 2024

इडब्लुभिएलको विजेता कर्णालीलाई ७ लाख, जेनेप सर्वोत्कृष्ट

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् । शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो । जेनेपले सर्वोत्कृष्ट खेलाडी बन्दै २० हजार रुपैयाँ […]

October 5, 2024

काठमाडौं गुर्खाजको प्रशिक्षकमा शाही नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले बसन्त शाही ठकुरीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। काठमाडौंले शनिवार सामाजिक संजाल मार्फत शाहीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । शाही नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक हुन् । शाही सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका टोलीका सदस्य हुन् […]

October 5, 2024

कर्णाली यश्विज अपराजित रहँदै च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्वीजलेफ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३-२ ले हराउँदै उपाधि जितेको हो। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले […]

Success

Thank you for your time.