May 13, 2024
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]
May 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका पदक विजेता ३ खेलाडीले भियतनाममा आयोजना हुने आठौं एसियन पुम्से तेक्वान्दोमा प्रतियोगितामा भाग लिने भएका छन् । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहिसकेकी आयशा शाक्यले एसियन पुम्सेलमा ४० वर्ष मुनीको उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनको […]
May 12, 2024
एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]
May 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । ब्याडमिन्टनमा यसपटक […]
May 11, 2024
सुर्खेत (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएकी हुन् । नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर […]
May 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ । विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा […]
May 10, 2024
पोखरा (हाम्रो खेलकुद) – आइटिएफकी तेक्वान्दोकी सुष्मिता थापा मगर र क्रिकेटमा अर्जुन कुमाल पोखरा स्पोर्टस अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना शुक्रबार भएको आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा सुष्मिता र अर्जुन वर्षको उ्रत्कृष्ट चुनिएका हुन् । उत्कृष्ट महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा थिए […]
May 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिकामा ओलम्पियन र अन्य खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको छ । चन्द्रागिरी नगरपालिकाको आयोजना तथा नेपाल ओलम्पियन एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा विधार्थीहरुले ओलम्पियन र अन्य खेलाडीसँग जिज्ञासा राखेका थिए । ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, […]
May 9, 2024
सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]
May 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश […]