default_image

lokpriya

May 24, 2024

रुपन्देहीको ‘ए’ डिभिजन लिग सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देही जिल्ला ‘ए’ डिभिजन लिग शनिबारदेखि बुटवलमा सुरु हुने भएको छ । लिगको उद्घाटन खेल शनिबार दिउँसो ३ः३० बजे एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच सुरु हुने लिग आयोजक रुपन्देही जिल्ला फुटवल संघले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ‘ए’ डिभिजनमा […]

May 24, 2024

खेलकुद पत्रकार मञ्चको साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको जजनाए । पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने सुझाव […]

May 24, 2024

नेपाली खेलाडीले साफ टेबल टेनिस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा भाग लिने भएका छन् । १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ । जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने बताइएको छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र […]

May 23, 2024

महिला क्रिकेटको प्रारम्भिक टोलीमा २८ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २८ जनालाई समेट्दै बुधबार नेपाली टोली घोषणा गरेको हो । ललितपुर मेयर्स कप खेलेका कोशी प्रदेशका बलर एलिसा खडिया, बागमती प्रदेशकी हेलिसा गुरुङ, सुदूरपश्चिमकी सावित्री धामी, एपीएफकी राजमती ऐरी पहिलो पटक राष्ट्रिय […]

May 23, 2024

सन्दीपलाई अमेरिकाको भिसा दिलाउन पहल सुरु

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेलाई‌ टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ।युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन […]

May 23, 2024

मध्यबिन्दुमा स्कुल टु ओलम्पिक कार्यक्रम

नवलपुर (हाम्रो खेलकुद)- नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रममा मध्यविन्दु नगर पालिकाले सहकार्य गरेको हो । नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्यापनरत २ सय भन्दा बढि विद्यार्थी र ओलम्पियन बीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका […]

May 22, 2024

चन्द्रागिरी नगरपालिकालाई यु १८ भलिबल उपाधि, सलिना सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड महिला भिलबल टिमले आफ्नो स्थापना दिवसको अवसरमा यु १८ महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । न्यु डायमण्डको स्थापना दिवस जेठ ५ गते सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको थियो । भलिबल दिवस (जेठ ८ गते) को अवसरमा भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले उपाधि जितेको छ । चन्द्रागिरीले […]

May 21, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु र डबल दुवैमा तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ । विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११–१५,१५–१०,१२–१५ ले पराजित गर्यो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २–० ले पराजित भएको बंगलादेश पनि नेपालसँग […]

May 20, 2024

सेपाकताक्रो विश्वकप – नेपाल डबल इभेन्टको पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई सोमबार २-१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो। नेपाली टोली आइतबार […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

Success

Thank you for your time.