June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे। उनले ७ जित, २ बराबरी […]
June 7, 2024
डालास (हाम्रो खेलकुद)- सह आयोजक अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन […]
June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डको टि१० लिग खेल्ने भएका छन् । स्कटिस सुपरटि१० खेल्ने पर्थ रोयल्सले दीपेन्द्रलाई अनुबन्ध गरेको हो । हाल विश्वकपमा व्यस्त उनी यसअघि क्यानडाको ग्लोबल टि२० र यूएईको आईएलटि२०मा पनि अनुबन्धित भएका थिए । प्रतियोगिता अगस्ट महिनामा स्कटल्यान्डको एबिरडिनमा आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले कुल ३४ […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाललाई हराएको छ। प्रतियोगिताको पाँचौं दिन बुधबार गण्डकीले हेल्प नेपाललाई ३-२ ले हराएको हो। गण्डकीले २७-२५,२१-२५,२८-३०,२५-२१,१५-९ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच चुनिए। त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा प्रस्तुत गर्ने छन् । प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) –विभागीय त्रिभुवन आर्मी क्लबले चन्द्रागिरि नगरपालिका महिला भलिबल टिममाथि पूनरागन जित दर्ता गरेको छ । सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीले डायमण्डमाथि ३–२ को पूनरागमन जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलको पहिलो र दोस्रो सेट आर्मीले २५–२७ र २०–२५ […]
June 4, 2024
डालास (हाम्रो खेलकुद)– नेपालले नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नु पर्ने हुन्छ । खेल नेपाल समय अनुसार मंगलबार राति ९:१५ बजे (स्थानिय समय अनुसार विहान १०:३० बजे) सुरु हुनेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा […]