June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै साविक विजेता टिप टप हेल्प नेपाल आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा नेपालीसँगै भारतीय […]
June 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब आठौं पिएम एनभिए भलिबल लिगको महिलातर्फ च्याम्पियन बनेको छ । शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्टलाई ३–२ को सेटमा पराजित […]
June 8, 2024
डालास (हाम्रो खेलकुद)- नेपाल रहेको टि ट्वान्टी विश्वकपको समूहमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ । १ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो। एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन […]
June 8, 2024
एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार न्युयोर्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो। १ सय ६० रनको लक्ष्यसहित मैदानमा उत्रिएको न्युजिल्यान्ड १५.२ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो। टोलीका ग्लेन फिलिप्सले १८ रन बनाउनु बाहेक […]
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अमेरिका र वेस्ट इन्डिजमा सन्चालन भइरहेको टि ट्वान्टी विश्व कपमा सहभागी नेपाली क्रिकेट टोलीलाई विश्व कपमा नै पूर्वरुपमा केन्द्रित राख्न नेपाल क्रिकेट संघ (क्यान) लाई ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्ण रूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्यहरू […]
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)–गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा खेल्ने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै गण्डकी शीर्षस्थान र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा […]
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे। उनले ७ जित, २ बराबरी […]
June 7, 2024
डालास (हाम्रो खेलकुद)- सह आयोजक अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन […]
June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डको टि१० लिग खेल्ने भएका छन् । स्कटिस सुपरटि१० खेल्ने पर्थ रोयल्सले दीपेन्द्रलाई अनुबन्ध गरेको हो । हाल विश्वकपमा व्यस्त उनी यसअघि क्यानडाको ग्लोबल टि२० र यूएईको आईएलटि२०मा पनि अनुबन्धित भएका थिए । प्रतियोगिता अगस्ट महिनामा स्कटल्यान्डको एबिरडिनमा आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले कुल ३४ […]