default_image

lokpriya

June 19, 2024

लुम्बिनी प्रदेश यु–१९ महिला टोलीको छनोट

सुमन अधिकारी, बुटवल नेपाल भलिबल संघको आयोजनामा असार ९ गतेबाट काठमाडौंमा सुरु हुने प्रथम सहाना प्रधान यु १९ महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको १२ सदस्यीय महिला टोलीको बुटवलमा छनोट भएको‌ छ । प्रदेश भलिबल संघको अनुगमनमा संघका उपाध्यक्ष यम गुरुङ, रेफ्रि बुद्धि बशस्यालसहितको उपस्थितिमा भएको छनौटमा विभिन्न जिल्लाबाट सहभागी २८ जनाबाट टोलीको […]

June 19, 2024

रोनाल्डोको कीर्तिमान खेलमा पोर्चुगलको जित

एजेन्सी – युरो कपमा पोर्चुगलले चेक गणतन्त्रलाई‌ २-१ ले पराजित गरेको छ। कप्तान समेत रहेका ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको  समूह डी को खेलमा पोर्चुगल पुनरागमन जित हासिल गरेको हो।  पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । पोर्चुगलले अर्को गोल उपहार पाएको थियो। चेकका लागि लुकास प्रोभोडले गोल गरेका हुन् […]

June 18, 2024

दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल हुने वातावरण तयार पारिदिन किरणको‌ आग्रह

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण तयार पारिदिन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार उनको कार्यकक्षमा भेटका‌ अवसरमा किरणले यस्तो आग्रह गरेका हुन्। मैदानको अवस्था ठीक नभएकोलगायतको प्रश्न उठाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले दरशथ रंगशालामा अन्तराष्ट्रिय […]

June 18, 2024

सूर्य नेपाल प्रिमियर गल्फ – पहिलो दिन दिनेशको‌ अग्रता

काठमाडौ (हाम्रो खेलकुद)- सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्। दिनेशले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६-अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे। डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर […]

June 18, 2024

एमबाप्पे घाइते भएको खेलमा फ्रान्सको जित

एजेन्सी – कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा दाबेदार मध्येको एक फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ। जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई‌ […]

June 17, 2024

नेपाली क्रिकेट टोली फर्कदै

सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ। सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ। विश्व कप […]

June 17, 2024

फ्रान्स अस्ट्रियाको सामना गर्दै

एजेन्सी – जर्मनीमा जारी युरोकप २०२४ मा फ्रान्सले अस्ट्रियाको सामना गर्दैछ। समूह डीमा फ्रान्स र अस्ट्रियाबीचको खेल नेपाली समयअनुसार सोमबार राति १२:४५ बजे सुरु हुनेछ। दुवैको यो पहिलो खेल हो। यो समूहमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ ले हराएको थियो। समूह ‘इ’मा बेल्जियमले स्लोभाकियाको खेल आज राति ९:४५ बजेबाट सुरु हुनेछ। यो समूहमा रोमाननिया र युक्रेनको खेल साँझ […]

June 17, 2024

टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ समीकरण पूरा

एजेन्सी- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ । सुपर एट को ग्रुप -१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा‌ पुगेका छन्। […]

June 17, 2024

टि ट्वान्टी आईमा सन्दीपको एक सयौं विकेट पूरा

किङ्सटाउट (हाम्रो खेलकुद) – सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् । टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । […]

June 17, 2024

नेपाल टस जितेर फिल्डिङ गर्दै

किङ्कटाउन (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी विश्व कपको‌ समूह चरणमा लगातार दोस्रो खेलमा टस जित्दै फिल्डिङ रोजेको छ।नेपालले टस जितेर बंगलादेश ब्याटिङको‌ निम्तो दिएको हो । नेपालले अघिल्लो खेलमा एक परिवर्तन गरेको छ । करण कसीको ठाउँमा सन्दीप जोहोराले प्लेइङ ११ मा मौका पाएका छन्। नेपाली टोलीकुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित […]

Success

Thank you for your time.