July 18, 2024
एजेन्सी – ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो । गत महिना भारतले टि ट्वान्टीको विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए। भारतले श्रीलंकासँग ३ ओडीआई पनि […]
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता बिहीबार सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियम अनुसार ७/७ चरणको खेल खेलाइनेछ बताइएको छ। त्रियोग स्कुलको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिता पहिलो दिन ३ चरणको खेल सम्पन्न भएका छन्। तेस्रो चरणको समाप्तिमस कक्षा […]
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि सुरु हुने काभा महिला नेसन्स लिगका लागि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनले सहकार्य सम्झौता गर्ने भएका छन् । सम्झौता अनुसार कान्तिपुर टेलिभिजनले कान्तिपुर म्याक्स टेलिभिजन र आफ्नो एपमार्फत तथा हाम्रो खेलकुदले आफ्नो डिजिटल प्लाटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र […]
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल मलेसियामा खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको समूह ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । यस समूहमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन् । प्रारम्भिक चरणमा सहभागी १३ टोलीलाई […]
July 18, 2024
एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गरेका फरवार्ड ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको औपचारिक घोषणा गरेका छन् । ३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए । इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पूर्व फरवार्ड जिरुडले अब […]
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ । उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई […]
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२४ एन्फा महिला लिगका लागि छनोट नखेलेका ४ टोलीलाई सिधै अन्तिम चरणमा खेल्न दिने निर्णय गरेको छ । तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफलाई एन्फाले सिधै महिला लिगको लागि छनोट गरेको थियो । त्यस्तै दुई महिनाअघि कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न छनोट खेलेर उत्कृष्ट […]
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ द इयरको अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आइसिसी ग्लोबल अवार्डको छ विधाको विजेता घोषणा गर्दा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ दि इयरको अवार्ड जितेको हो । यसअघि एसिया क्षेत्रको विजेता नेपालले […]
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाउन सफल भएका छन् । नेपालमा यसै महिना आयोजना हुने काभा महिला नेसन्स लिगको लागि छनोट भएको टोलीमा सुमित्रा र आरतीले पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट […]
July 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा हुनेछ । विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ। यही अवसरमा फिडेले यसपालि २० जुलाईमा २४ घन्टाभित्र […]