default_image

lokpriya

August 2, 2024

आर्मीले सिलोङ लाजोङको‌ सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा‌ आफ्नो पहिलो खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबको सामना गर्दैछ । आर्मी र सिलोङ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र सिलोङ दुवैको प्रतियोगितामा यो पहिलो […]

August 2, 2024

भारत र श्रीलंकाबीचको पहिलो ओडिआई आज

एजेन्सी – घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ । सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् । कोहली र शर्माले […]

August 1, 2024

पाथिराना र मधुशंकाले भारतविरुद्धको सिरिज गुमाउने

एजेन्सी – श्रीलंकाका तीव्र गतिका थप २ बलर भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । तीव्र गतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँध र मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको छ। श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमिरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टि ट्वान्टी आईमा […]

August 1, 2024

काभा नेसन्स लिग – दाबेदार भारतले इरानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित हात पारेको छ। इरानलाई तीन एकले हराउँदै भारतले विजयी सुरूवात गरेको हो। भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा आज भएको दोस्रो खेलमा भारतलाई इरानले चुनौती दिए पनि अप्रत्याशित नतिजा निकाल्न सकेन। […]

August 1, 2024

काभा बिच भलिबलमा महिला टोलीको जित, पुरुषमा हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हात पार्दा पुरुष टोलीले हार बेहोरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बिहीबार नै भएको पुरुषतर्फको […]

August 1, 2024

नेपालको विजयी सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूवात गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले […]

August 1, 2024

राष्ट्रिय टोलीबाट सुमित्रा र आरतीको‌ डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गरेका छन् । बिहीवार सुरु भएको काभा नेसन्स लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध खेल्दै सुमित्रा र आरतीले डेब्यू गरेका हुन् । सुमित्राले पहिलाे सेटमा पहिलाे राेजाईमै तथा आरतीले तेस्राे सेटमा निरुता ठगुन्नाको स्थानमा कोर्टमा प्रवेश गरेकी हुन् । यसअघि […]

August 1, 2024

काभा नेसन्स लिग – नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकासँग खेल्दै काभा महिला भलिबल नेसन्स लिगको सुरुवात गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ। नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम […]

July 31, 2024

काभा नेसन्स लिग : सहभागी अधिकांशको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिग विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको […]

July 31, 2024

बिएफसी र पानस चितवन लिगको सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री,चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए को बुधबार अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार बेहोरेको बिएफसीको १३ अंक भएको […]

Success

Thank you for your time.