August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ। सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको उनका आफन्त उत्तम भण्डारीले जानकारी दिए । न्यौपानेको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शनिवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा इरानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो। इरानले माल्दिभ्सलाई २५-२१,२५-२०, २५-१६ ले हरायो । नेपालले भलिबलमा पहिलो पटक भारतलाई हरायो स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको […]
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको महिला जोडी काभा बिच भलिबल च्याम्पियनसिपकाे च्याम्पियन बनेको छ। भुटानको थिम्पुमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २-० काे सोझो सेटमा हराउँदै कमला पुन र मनिषा चौधरीको जोडी च्याम्पियन बनेको हो । नेपालले २१ -१७ र २१-१४ को जितसहित इतिहास स्वर्ण पदक जितेको हो । नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा […]
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी शनिबार आयोजक माल्दिभ्स बी जोडीलाई हराउँदै उपाधि नजिक पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपाली जोडीले २१-१० र २१-१६ को जित निकालेको […]
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनिषा चौधरीको नेपाली जोडीलेभुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा उज्वेकिस्तानको जोडीलाई शनिबार २-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।प्रशिक्षक रुपेश विष्टका अनुसार नेपाली जोडीले २१-१३, २१-१२ ले हराएको थियो। नेपाली […]
August 3, 2024
नयाँ कामको सुरुवातका लागि पहिला कसैको कल्पनामा आउनुपर्छ । एउटा कल्पनाबाट सुरु र त्यसपछि तीन जनाको सामुहिक पहलमा अघि बढेको हाम्रो खेलकुद डटकमको यात्रा आज नवौं पूरा गरेर दशौं वर्षमा प्रवेश गरेको छ । यो ९ वर्षको यात्रा हाम्रा लागि निकै रोमाञ्चक र त्यत्तिकै कठिन पनि रह्यो । नेपाली खेलकुद पत्रकारितामा नयाँ प्रयोग, सम्भावना र […]
August 3, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाविहिन रुपमा सकिएको छ ।नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा […]
August 3, 2024
सरिता श्रेष्ठ, काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल आज घरेलु समर्थकले खचाखच भरिनेमा कुनै दुईमत नै छैन। एक त शनिबारको दिन अनि काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल तालिका । नेपाली समर्थकले भलिबललाई दिने साथ सँधै दरिलो रहने गरेको छ। झन् भारतसँगको खेलमा त दर्शकमा उत्साह बढी र बेग्लै हुनेछ। […]