default_image

lokpriya

September 23, 2024

जेजेएफसी विजयी हुँदै अन्तिम आठमा

सुमन अधिकारी‌, बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा सोमवार जनज्योती फुटबल क्लब (जेजेएफसी) विजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा वालिङ युनाइटेड एफसीलाई संघर्षपूर्ण खेलमा २-१ ले पराजित गर्दै जेजेएफसी प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्प्रधात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । […]

September 23, 2024

समिरको ह्याट्रिकमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – समिर तामाङको ह्याट्रिकको सहयोगमा नेपालले एएफसी यु२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ । नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई सोमवार ३-१ ले पराजित गरेको हो। पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो। खेलको ३२औं मिनेटमै समिरले गोल गर्दै नेपाललाई सुरवाती अग्रता दिलाएका थिए । समिरले अर्को गोल […]

September 23, 2024

बागमती प्रदेश क्रिकेटको साधारण सभामा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश क्रिकेट संघको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा बागमती प्रदेशका ४ खेलाडी सम्मानित भए। वर्ष पुरूष खेलाडीबाट सूर्य तामाङ र बर्ष महिला खेलाडीबाट खुशी डंगोल सम्मानित भए। उनीहरूलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ। यसैगरी उदयीमान पुरूष खेलाडीबाट आशुतोष घिरोयिया र महिलाबाट हेलिसा गुरूङ सम्मानित भएका […]

September 23, 2024

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ। आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे। हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन […]

September 23, 2024

सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को रवाफिलो जित दर्ज गरेको हो। यो जितमा‌ नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले २-० को अग्रता बनाइसकेको थियो। नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई […]

September 23, 2024

चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा छनोट

सुशील पन्त क्षेत्री, चितवन एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा महतो छनोट भएकी छन् । भरतपुर २२ को कभर्ड हलमा आज सम्पन्न ट्यालेन्ट हन्टबाट नितिशा चितवन शक्तिका लागि छनोट भएकी हुन् । ट्यालेन्ट हन्टमा चितवनका ३४ भलिबल खेलाडी सहभागी थिए । प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीले उनीहरु […]

September 23, 2024

कोशी र चन्द्रपुरले बराबरी खेले

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय सकिन १० मिनेट बाकी रहँदा ममता राउतले गोल गर्दै खेललाई […]

September 23, 2024

वडा नं १४ को बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)-  वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट विदा भएको छ । लैनचौर फुटसल मैदानमा सोमवार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २-१ ले हराएर सेमिफाइनलमा स्थान बनायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा […]

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली सोमवार स्वदेश फर्केको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ, पुलिस क्लबका खेलाडी लगायतले भव्य स्वागतको गरेका थिए। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित […]

September 23, 2024

शीर्ष स्थानको एपिएफ सदूरपश्चिमसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले आज सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । महिला लिगको आजको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिम खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ । एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको […]

Success

Thank you for your time.