default_image

lokpriya

August 13, 2024

आर्मी डुरान्ड कपमा अन्तिम खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा आफ्नो अन्तिम खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले तेस्रो खेलमा रंगदाजिद फुटबल क्लबको सामना गर्दैछ । आर्मी र रंगदाजिद बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र रंगदाजिद दुवैको प्रतियोगितामा यो […]

August 12, 2024

एएफसी च्यालेन्ज लिगको लागि दुवै टोली तयार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि साँझ एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ। खेल अगाडि आज भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उत्कृष्ट नतिजाको लागि टिम तयार रहेको बताएका छन्। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली […]

August 12, 2024

मन्त्री महर्जनद्वारा निर्माणाधिन गौरिटार रंगशालाको पूर्वाधारको निरीक्षण

मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । महर्जनले सोमबार विहान मन्त्री रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै […]

August 12, 2024

कप्तान रोहित, दिपेन्द्र र सन्दीप भारत नजाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित खेलाडी सहभागी नहुने भएका छन् । क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार भारत गएको छ । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार हाल क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर […]

August 12, 2024

क्रिकेट टोली अभ्यासका लागि भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ। नेपालले सेप्टेम्बरमा […]

August 12, 2024

पहिलो टेस्ट बराबरीमा सकियो

एजेन्सी – वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । दक्षिण अफ्रिका दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा छ । दक्षिण अफ्रिकाले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पाँचौ दिन आइतवारको खेल सकिदा ५ विकेट गुमाएर २ सय १ रन मात्र बनाउँन सक्यो । वेस्ट इन्डिजका लागि […]

August 12, 2024

रोहित आबद्ध टोरोन्टो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा ग्लोबल टि ट्वान्टी लिगको चौथो संस्करणको च्याम्पियन भएको छ । डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्समाथि सोमबार ८ विकेटको जितका साथ टोरोन्टोले उपाधि जितेको हो । फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए । टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा […]

August 11, 2024

लिग टुमा क्यानडामाथि नेदरल्यान्ड्सको जित

एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समाअमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिज आइतवार सुरु भएको हो । नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो । क्यानडाले दिएको १ सय ९५ […]

August 11, 2024

महिला लिग : कोशी र वालिङबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १६ गते सुरु हुने लिगको महिला लिगको आइतवार खेल तालिका सार्वजनिक गरेको हो । सुर्खेतमा गएको वैशाखमा भएको लिग छनोटमा शीर्ष स्थानमा रहेर कोशी लिगको अन्तिम […]

August 11, 2024

एभरेष्ट लिगका लागि ६ मार्की खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो ।राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ हुन् । अरुणा चितवनको मार्की रहेकी छिन् […]

Success

Thank you for your time.