September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]
September 29, 2024
एजेन्सी – नामिबियामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा युएईले घरेलु टोलीमाथि सहज जित हासिल गरेको छ । युएईले नामिबियामाथि ४० रनको जित निकालेको हो । जितसँगै तीन टोली सहभागी सिरिजमा २ अंकका साथ युएई शीर्ष स्थानमा छ । २ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी टि ट्वान्टी लिगको ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ११ मा १ परिवर्तन गरेको छ । नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ । नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भएको छ । संघले आइतवार महिला र पुरुष टोलीको घोषणा गरेको हो । एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो । महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।
September 29, 2024
हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]
September 29, 2024
सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ । जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ । जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज […]
September 29, 2024
सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]