August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल […]
August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतले साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमवार भुटानलाई १-० ले हराउँदै भारतले जितबाट यात्रा सुरु गरेको हो । मोनिरुल मुल्ला ३७ औं मिनेटमा गरको गोल नै खेलको निर्णायक बनेको थियो । तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए। यससँगै समूह […]
August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ। लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना […]
August 19, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गरे शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भएसँगै नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ । नेपाल सरकार र तत्कालीन […]
August 19, 2024
सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएको ६ वर्ष पूरा भइसकेको छ। यो बीचमा टोलीले ६६ ओडिआई खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालका लागि ओडिआई क्रिकेटमा ४१ खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन् । पहिलो ओडिआई खेल […]
August 19, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ। ला लिगामा डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेको लागि डेब्यु राम्रो हुन सकेन । रियलका लागि भने उनले गत साता भएको युइएफए सुपर कपमा एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा डेब्यु गरेका थिए । त्यो खेलमा एमबाप्पेले […]
August 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि १८ खेलाडी प्रशिक्षणमा डाकिएका छन्। नेपाल भलिबल संघले आइतवार १८ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले भदौ ८ गतेबाट प्रशिक्षण सुरु गर्ने जानकारी दिएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। छनोट भएका खेलाडीलाई भदौ ७ गते […]
August 18, 2024
एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड […]
August 18, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेस्ट जितेको छ । दोस्रो टेस्टमा पाहुना टोली दक्षिण अफ्रिका ४० रनले विजयी भएको हो । दोस्रो टेस्टमा विजयी भएसँगै पाहुना टोलीले सिरिज १-० ले जितेको छ । दुईबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दक्षिण अफ्रिकाले दिएको २ सय ६३ रनको […]
August 18, 2024
एजेन्सी – भ्यालेन्सियाविरुद्ध जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ। घरेलु मैदान मेस्टाला स्टेडियममा भएको खेलमा भ्यालेन्सिया २-१ ले पराजित भयो । बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे । खेलको ४४ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डियगो […]