default_image

lokpriya

October 4, 2024

खड्का सुदूरपश्चिमको सिइओमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले प्रकाश खड्कालाई सिइओमा नियुक्त गरेको छ । खड्का र सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेको टोलीले जनाएको छ। १० वर्ष भन्दा लामो समय क्रिकेटमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका खड्का धनगढी प्रिमियर लिग (डिपिएल) का समेत निर्देशकका रुपमा रहिसकेका छन् । […]

October 4, 2024

काभा यु २० पुरुष भलिबल – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । काभाले शुक्रवार जारी गरेको खेलतालिकामा नेपालले पहिलो खेलमा असोज २० मा श्रीलंकाको सामना गर्ने भएको हो । असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

चितवनलाई हराएपछि ललितपुरको फाइनल सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवारको पहिलो खेलमा चितवन शक्तिलाई ३-१ ले हराउँदै ललितपुरले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । ललितपुरसँग पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यश्विजले यसअघि नै फाइनलमा […]

October 4, 2024

एरिकाले यु-२१ जुनियर वल्ड च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई आज राष्ट्रिय खेलकुद परिषद ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे। पछिल्लो एकवर्षको खेल यात्रा एरिकाको लोभलाग्दो छ। खेलेको सबै अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्। १९औं एसियाली खेलकुदमा रजत पदक […]

October 4, 2024

काठमाडौं र कर्णालीविरुद्ध चितवनको उजुरी

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता गरेको छ । चितवनले आफू विरुद्ध खेलमा काठमाडौं र कर्णालीले नियम विपरित ट्यालेन्ट हन्टको खेलाडी छनोट गरेको भन्दै आयोजकसमक्ष उजुरी दर्ता गरेको हो । यसअघि ललितपुर क्विन्सले पनि गण्डकी थन्डर्सविरुद्ध सोही प्रकृतिको उजुरी दर्ता गरेको थियो । […]

October 4, 2024

गण्डकीको खेलाडीविरुद्ध ललिपुरको प्रोटेस्ट

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट महिला भलिबल लिग (डडब्लुभिएल) मा ललितपुर क्विन्सले गण्डकी थन्डर्सको खेलाडीविरुद्ध प्रोटेस्ट गरेको छ । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी खेलाइएको भन्दै ललितपुरले खेल सकिएलगत्तै उजुरी गरेको जनाएको छ । सो खेलमा गण्डकी ३–२ सेटले विजयी भएको थियो । आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी […]

October 4, 2024

एभियशन फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ हुने भएको छ। एक दिन चल्ने प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहनेछ। जसमा बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, एयर डाइनेष्टी , नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स रहेका छन्। पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल एनआरएफएफ र […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

October 4, 2024

गण्डकीको पहिलो जित, ललितपुरको फाइनल यात्रा कठिन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी थन्डर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवारको अन्तिम खेलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै गण्डकीले लिगमा पहिलो जित हासिल गरेको हो । सुरूवात देखि नै खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । प्रतिस्पर्धात्मक पहिलो सेट […]

Success

Thank you for your time.