August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई नगद पुरस्कार सहित सम्मान गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेका हुन्। राष्ट्रिय टोलीमा कप्तान अरूणा शाही, प्रगति नाथ, सरस्वती […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाले देशको बेइज्जत भैरहेको बताएका छन्। काभा महिला नेसन्स लिगमा रजत पदक जितेको नेपाली टोलीको पुरस्कृत गर्न आयोजित कार्यक्रममा बिहीवार प्रधानमन्त्री ओलीले विक्रम सम्वत २०४४ सालमा जेलबाट रिहा भएदेखि दशरथ रंगशाला यतिसम्म बिग्रेको आफूले पहिलो पटक देखेको बताए। यो मैदानले अन्तराष्ट्रिय स्तरमा नेपालको […]
August 29, 2024
दिपक बोहोरा ,पाँचथर रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाम गोल्डकपको दोस्रो संस्करण मंसिरमा हुने भएको छ । इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता सन्चालन हुने बुधवार पत्रकार सम्मेलनमार्फत आयोजक रेडहर्स फुटबल क्लबले जनाएको छ । क्लबका अध्यक्ष साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको जानकारी दिए । यसपटक इलाम गोल्डकपमा ए डिभिजनका […]
August 29, 2024
एजेन्सी – वेस्ट इन्डिजका तीव्र गतिका बलर शैनन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । ३६ वर्षीय गेब्रियलले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले ५९ टेस्ट, २५ ओडिआई र २ टि ट्वान्टी आई खेल्दै कुल २ सय २ विकेट लिएका छन् । गेब्रियलले इन्स्टाग्राममा लेखेका छन्, ‘विगत […]
August 29, 2024
एजेन्सी – एथ्लेटिक क्लबले स्पेनिस ला लिगामापहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बुधवार एथ्लेटिकले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन बेनाट प्राडोस डियाजले गोल गरे । डियाजले ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ला लिगाकै अर्को खेलमा भालाडोलिड र लेगानेसले […]
August 29, 2024
एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड इस्पानुयलसँग गोल रहित बराबरीमा रोकिएको छ। इस्पानुयलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि जित हात पार्न भने सकेनन् । बिहीवार बिहानै भएको अर्को खेलमा अल्भालेसले रियल सोसिडाडलाई पराजित गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अल्भालेसले सोसिडाडलाई २-१ ले पराजित गर्यो । […]
August 28, 2024
सुबास हुमागाईं, काठमाडौं साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल घरेलु भूमिमा उपाधि जित्नबाट बन्चित भयो । फाइनल पुग्दासम्म प्रतियोगिताभर अपराजित रहेको नेपालले समूह चरणमा बंगलादेशलाई पनि हराएको थियो, तर फाइनलमा नेपाललाई भाग्यले साथ दिएन । र ४-१ को फराकिलो हार बेहोर्दै उपविजेतामा सिमित भयो । त्यसो त नेपालको नतिजामा नेपालले ३ जित र […]
August 28, 2024
एजेन्सी – अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्यान्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधि जितेको छ । सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधवार अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्यान्ड्स घरमा नै उपाधि राख्न सफल भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुदै १ सय […]
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ। घरेलु टोली मलेसियाको सबाह एफसीसँग बुधवार गोलरहित बराबरी खेले सँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो। मलेसियाको लिक्सा स्टेडियममा अर्को चरणको सम्भावना जिवितै राख्न एपिएफसामु यो खेलमा फराकिलो अन्तरको जितको आवश्यक थियो। तर समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली […]
August 28, 2024
चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए। पियाका अनुसार प्रतियोगितामा […]