default_image

lokpriya

August 1, 2024

नेपालको विजयी सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूवात गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले […]

August 1, 2024

राष्ट्रिय टोलीबाट सुमित्रा र आरतीको‌ डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट डेब्यू गरेका छन् । बिहीवार सुरु भएको काभा नेसन्स लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध खेल्दै सुमित्रा र आरतीले डेब्यू गरेका हुन् । सुमित्राले पहिलाे सेटमा पहिलाे राेजाईमै तथा आरतीले तेस्राे सेटमा निरुता ठगुन्नाको स्थानमा कोर्टमा प्रवेश गरेकी हुन् । यसअघि […]

August 1, 2024

काभा नेसन्स लिग – नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकासँग खेल्दै काभा महिला भलिबल नेसन्स लिगको सुरुवात गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ। नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम […]

July 31, 2024

काभा नेसन्स लिग : सहभागी अधिकांशको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिग विहीवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको […]

July 31, 2024

बिएफसी र पानस चितवन लिगको सेमिफाइनलमा

सुशिल पन्त क्षेत्री,चितवन हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ए को बुधबार अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार बेहोरेको बिएफसीको १३ अंक भएको […]

July 31, 2024

पेरिस ओलम्पिक : प्रिन्स तेस्रो खेलमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा‌ पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । मिसाले प्रिन्सलाई २२-१२ र २१-१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, […]

July 31, 2024

सन्दीप र दीपेन्द्रको आबद्ध टोलीको खेल भोलि

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले चौथो खेल बिहीबार खेल्दैछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो चौथो खेलमा ब्राम्पटन वल्भ्सविरुद्ध बिहीबार बिहान खेल्दैछ । भेनकुवर र वल्भ्सबीच खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार बिहीबार बिहान पौने […]

July 31, 2024

भारतले श्रीलंकालाई सुपर ओभरमा पुगेर हरायो

एजेन्सी – भारतले श्रीलंकाविरुद्धको टि ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन‌ बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका […]

July 31, 2024

रोहित सम्मिलित टोरोन्टोको अर्को हार

एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ । क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र […]

July 30, 2024

रोहित बेन्चमा

एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ । टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् । टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको  थियो । सोमबार बिहान भएको […]

Success

Thank you for your time.