default_image

lokpriya

August 2, 2024

भारतले श्रीलंकाबाट पायो मध्यम लक्ष्य

एजेन्सी – श्रीलंकाविरुद्धको ५ खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले मध्यम लक्ष्य पाएको छ । भारतले घरेलु टोलीबाट जितका‌ लागि २ सय ३१ रनको मध्यम लक्ष्य पाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनायो […]

August 2, 2024

श्रीलंकामाथि इरानको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – इरानले काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । इरानले श्रीलंकामाथि ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । सुरुवाती दुई सेट जितेर सहज जिततर्फ अघि बढेको इरानले त्यसपछि दुई सेट गुमाँउदा पाँचौं सेटमा जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको […]

August 2, 2024

काभा बिच भलिबलमा पुरुष टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टोलीले पहिलो जित दर्ता गरेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको जोडीमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । मान र दिलकाे जाेडीले समान […]

August 2, 2024

रोहित सम्मिलित टोली आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले पाँचौ खेल आज खेल्दैछ। रोहित आबद्ध टोरोन्टोले आफ्नो पाँचौ खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ । टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । टोरोन्टोले पहिलो […]

August 2, 2024

लेस्टरका पूर्व प्रशिक्षकको निधन

एजेन्सी – लेस्टर सिटीका पूर्व प्रशिक्षक क्रेग शेक्सपियरको ६० वर्षको उमेरमा निधन भएको छ । शेक्सपियरले गत २०२३ अक्टोबरदेखि क्यान्सरको उपचार गराइरहेका थिए । लेस्टरका प्रशिक्षकसँगै उनले वेस्ट ब्रोम, हल, एभर्टन, वाटफोर्ड, एस्टन भिल्ला र नर्विच सिटीमा पनि काम गरेका थिए । उनी सन् २०१६ मा इंङल्याण्डको सहायक प्रशिक्षक समेत बनेका थिए । लिग प्रबन्धक […]

August 2, 2024

आर्मीले सिलोङ लाजोङको‌ सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा‌ आफ्नो पहिलो खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबको सामना गर्दैछ । आर्मी र सिलोङ बीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र सिलोङ दुवैको प्रतियोगितामा यो पहिलो […]

August 2, 2024

भारत र श्रीलंकाबीचको पहिलो ओडिआई आज

एजेन्सी – घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ । सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् । कोहली र शर्माले […]

August 1, 2024

पाथिराना र मधुशंकाले भारतविरुद्धको सिरिज गुमाउने

एजेन्सी – श्रीलंकाका तीव्र गतिका थप २ बलर भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । तीव्र गतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँध र मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको छ। श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमिरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टि ट्वान्टी आईमा […]

August 1, 2024

काभा नेसन्स लिग – दाबेदार भारतले इरानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित हात पारेको छ। इरानलाई तीन एकले हराउँदै भारतले विजयी सुरूवात गरेको हो। भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा आज भएको दोस्रो खेलमा भारतलाई इरानले चुनौती दिए पनि अप्रत्याशित नतिजा निकाल्न सकेन। […]

August 1, 2024

काभा बिच भलिबलमा महिला टोलीको जित, पुरुषमा हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हात पार्दा पुरुष टोलीले हार बेहोरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बिहीबार नै भएको पुरुषतर्फको […]

Success

Thank you for your time.