default_image

अन्तर्राष्ट्रिय

September 18, 2019

आयाक्सको प्रभावशाली जित

एजेन्सी – अघिल्लो सिजन उच्च प्रदर्शन गरेको डच क्लब आयाक्सले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । आयाक्सले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलमाथि ३–० को प्रभावशाली जित निकालेको हो । आयाक्सको जितमा क्वीन्सी प्रोमिस, एड्सन अल्भारेज र निकोलस ट्याग्लियफिकोले गोल गरे । अघिल्लो सिजन उच्च प्रदर्शन गरेक […]

September 18, 2019

घरेलु मैदानमा भ्यालेन्सियासँग चेल्सीको हार

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन लिग फुटबलमा इंग्लिस क्लब चेल्सी घरमै स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ ।  स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको इंग्लिस मिडफिल्डर मेसन माउन्ट खेलको शुरुमै युवा चोट बोक्दै मैदानबाट बाहिरिएपछि […]

September 18, 2019

रिउस पेनाल्टीमा चुक्दा बार्सिलोना जोगियो

एजेन्सी – बोरुसिया डर्टमुन्डका कप्तान मार्को रिउसको दोस्रो हाफको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । खेलको अवधिभर डर्टमुन्डले निकै अवसर सिर्जना गरेपनि बार्सिलोनाका जर्मन गोलरक्षक स्टेगन बोरुसियाका लागि बाधक बनिरहे । पहिलो हाफमा थ्रोगन हाजार्डले उत्कृष्ट मुभ बनाउँदै रिउसलाई दिएको पासमा कप्तान रिउसको प्रहार […]

September 18, 2019

डिफेन्डिङ च्याम्पियन लिभरपुल स्तब्ध

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नेपोलीसँग स्तब्ध बनेको छ । नेपोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० ले स्तब्ध बनेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले च्याम्पियनविरुद्ध दुई गोल गर्न […]

September 17, 2019

बलिङ प्रशिक्षकका रुपमा वेंकटराम नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बलिङ प्रशिक्षकका रुपमा भारतका पुर्व स्पिनर वुरिती वेंकटराम नेपाल आएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सिंगापुर र ओमानमा हुने टि२० सिरिज सम्मको लागि उनलाई नेपाल पठाएको नेपाली क्रिकेटका मिडिया म्यानेजर तथा भिडियो एनालिष्ट सुरज शाक्यले हाम्रो खेलकुदलाई जानकारी दिए । उनी सोमबार नेपाल आई पुगेका […]

September 17, 2019

नेयमारमाथिको प्रतिबन्ध घट्यो !

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारको च्याम्पियन्स लिगमा ३ को सट्टा अब २ खेलको प्रतिबन्ध हुने भएको छ । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (सिएएस) ले नेयमारमाथिको प्रतिबन्धमा १ खेल घटाएको छ । गत सिजनमा म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनल पछि सामाजिक सञ्जालमा दिएको प्रक्रियाका आधारमा उनमाथि तीन खेलको प्रतिबन्ध लगाइएको थियो […]

September 17, 2019

बलत्कार अभियोगले निकै अप्ठेरो पारेको थियो !

एजेन्सी – पोर्चुगल र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुमाथि बलात्कार अभियोगले निकै असजिलो भएको बताएका छन् । त्यो घटनाबाट नाकारात्मक असर नपरोस् भन्नका लागि बच्चालाई त्यसबाट अलग राख्न प्रयास गरेको समेत प्रष्ट पारेका छन् । पूर्व मोडल क्याथरेन मायोर्गाले ३४ वर्ष रोनाल्डोलाई सन् २००९ मा लस भागसको एक होलमा बलत्कार गरेको आरोप लगाएकी थिइन् […]

September 17, 2019

यूईएफए च्याम्पियन्स लिग : सम्पूर्ण जानकारी

विश्व फुटबलको सर्वश्रेष्ठ क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदैछ । युरोपका विभिन्न देशबाट शीर्ष ३२ टोलीहरु च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् । गत सिजन लिभरपुलले इंग्ल्यान्डकै टोटेनहम हट्स्परलाई फाइनलमा २-० ले पराजित गर्दै उपाधि जितेको थियो । यस सिजन लिभरपुलसँगै इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी, स्पेनिस महारथी रियल म्याड्रिड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट […]

September 17, 2019

रियलविरुद्ध नेयमार र एमबाप्पे नखेल्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बुधबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस महारथी रियल म्याड्रिड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार बिहिबार विहान १२:४५ बजे सुरु हुनेछ । च्याम्पियन्स लिगको एकै समुहमा परेका यी दुई टोली पहिलो खेलमा नै भिड्ने भएका हुन् । रियलका लागि भने पीएसजीको […]

September 17, 2019

गोलरक्षक डे गेया म्यानचेस्टरमै रहने

एजेन्सी – स्पेनिस गोलरक्षक डेविड डे गेयाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सम्झौता नवीकरण गरेका छन् । युनाइटेडका पहिलो रोजाइका गोलरक्षक गेयाले युनाइटेडमा ४  वर्ष लामो सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२३  जुनसम्म युनाइटेडमा रहनेछन् । उनको क्लबमा एक सिजनमा करसँगै १३.३ मिलियन पाउन्ड वृद्धि हुनेछन् । जुन युनाइटेडमा गोलरक्षकको लागि खर्चिएको सबैभन्दा धेरै […]

Success

Thank you for your time.