default_image

अन्तर्राष्ट्रिय

September 30, 2019

फुटबल टोली बुधबार अस्ट्रेलिया जाने तयारीमा

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियासँग विश्व कप छनोट खेल्नु एक साताअघि नै नेपाली राष्ट्रिय फुटबल टोली त्यहाँ पुग्ने भएको छ । नेपाली टोली बुधबार अस्ट्रेलिया जाने तयारीमा रहेको व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । यद्दपी टोलीको भिसा भने आउन बाँकी रहेको बताइएको छ । मंगलबार भिसा आउने अपेक्षा गरिएको छ र त्यसअनुसार नै टोलीको बिदाइ कार्यक्रम […]

September 30, 2019

लेस्टरको ५ गोल!

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि शानदार जित निकालेको छ । घरेलु टोली लेस्टरले १० खेलाडीमा समेटिएको न्यु क्यासलमाथि ५–० को शानदार जित निकालेको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरको जितमा जेमी भार्डीले दुई तथा रिकार्डाे पिरेरा र एलडिडिले गोल गरे । एक गोल उपहार पाएको […]

September 30, 2019

‘पीएसजीका लागि ज्यान दिन तयार’ – नेयमार

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आफ्नो सम्बन्ध राम्रो रहेको र क्लबका लागि ज्यानै दिन तयार रहेको अभिव्यक्ति दिएका छन् । पीएसजीका लागि पछिल्ला ४ लिग खेलमध्य ३ खेलमा निर्णायक गोल गरेका नेयमार सिजनको सुरुवातमा बार्सिलोना जाने हल्ला चलेको थियो । नेयमारकै आग्रहमा बार्सिलोनाले औपचारिक प्रस्ताव पनि राखेको थियो, […]

September 30, 2019

मिलानको लज्जास्पद हार, ८० वर्षयताकै खराव नतिजा

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले ८० वर्षयताकै खराव नतिजा आत्मसात गरेको छ । आइतबार राति घरेलु मैदानमा फियोरेन्टिनासँग ३–१ को लज्जास्पद हार बेहोर्दै मिलानले ८० वर्षअघिकै खराव नतिजालाई आत्मसात गरेको हो । सिरी ‘ए’ को शुरुवाती ६ खेलमा मिलानले ४ खेल गुमाइसकेको छ । दुई खेलमा जित हात पारेको छ । मिलानले […]

September 30, 2019

रियलमाथि सेभिल्लाको कठिन जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । घरेलु टोली सेभिल्लाले रियल सोसिडाडमाथि ३–२ को कठिन जित निकालेको हो । आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मिकेल ओएरजावालको गोलको पाहुना टोलीको खेलको चौथो मिनेटमा नै शुरुवाती अग्रता लिएको थियो । तर, पाहुना टोलीको त्यो अग्रता लामो समय टिकेन । […]

September 29, 2019

सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई हरायो

एजेन्सी – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ । टस जितेर ब्याटिङ थालेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल १८ ओभरमा झारिएको थियो । टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रन जोडे । […]

September 29, 2019

टि२० आईमा पारसको विश्व कीर्तिमान!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले टि२० आईमा नयाँ विश्व कीर्तिमान रचेका छन् । पारस टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान बनेका छन् । पारसको शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै […]

September 29, 2019

बायर्नको कठिन जित, डर्टमन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेस लिगामा साविकको विजेता बायर्न म्युनिखले कठिन जित दर्ता गर्दा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ ले पराजित गर्दा डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा बायर्नको जितमा सर्जी जिनाब्री, फिलिपे कौटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ […]

September 29, 2019

नेयमारको निर्णायक गोलमा पीएसजीको जित

एजेन्सी – कीर्तिमानी तथा स्टार फरवार्ड नेयमार जुनियरको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित फ्रेन्च लिग वानमा संघर्षपुर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डुअक्सलाई १–० को गोल अन्तरले पराजित गर्दा नेयमारको गोल निर्णायक बनेको हो ।बोर्डुअक्सलाई लगातार दवामा सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो […]

September 29, 2019

इन्टर अझै अपराजित

एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टरले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याएको हो । १० खेलाडीमा सिमित इन्टरको अपराजित यात्रामास्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टाे गाग्लीआर्डीनीले गोल गरे । साम्पडोरियाका जाकुब जाङ्टोले एक गोल फर्काए […]

Success

Thank you for your time.