October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलिबोन क्रिकेट क्लब(एमसीसी) नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न कात्तिक तेस्रो सात नेपाल आउने भएको छ । एमसीसीले नेपालसँग थ्री डे, तीन टि२० र एक दिवसिय सिरिज खेल्ने छ । तर कुन खेल कहिले खेल्ने भने अझैं तय भई सकेको छैन । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार एमसीसीको टोली […]
October 19, 2019
एजेन्सी – ओपनर रोहित शर्माले शतक प्रहार गरेपछि दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा भारत बलियो योगफलतर्फ अघि बढेको छ । राँचीमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा ५८ ओभरमा ३ विकेट गुमाउँदै २२४-३ को अवस्थामा छ । भारतका ओपनर रोहित शर्मा १ सय ६४ बलमा १४ चौका र ४ छक्का सहित […]
October 19, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सी र फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन र लुइस सुआरेजको गोलसँगै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले इवरलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । बार्सिलोनाले एक खेल कम खेलेको स्पेनिस महारथी रियाल म्याड्रिडलाई १ अंकले पछि पारेको हो । […]
October 19, 2019
एजेन्सी – झन्डै दुई साताको अन्तर्राष्ट्रिय विश्रामपछि युरोपियन देशका लिगका खेलहरु शुक्रबारदेखि भएको छ । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेलमा अहिले केहीवेरमा इवरसँग खेल्दैछ । खेल नेपाली समयअुनसर ४ः४५ बजेपछि इवरको मैदानमा हुदैछ । नयाँ सिजनमा निकै नै सुस्त शुरुवात गरेको बार्सिलोनाले इवरलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ […]
October 19, 2019
एजेन्सी – इंग्ल्यान्डका युवा स्टार मासन ग्रीनउडले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा सम्झौता नवीकरण गरेका छन् । ग्रीनवुडले सम्झौता अवधि एक वर्ष बाँकी छदै शुक्रबार युनाईटेडसँग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उनी जुन २०२३ सम्म युनाइटेडमा रहने छन् । इंग्ल्यान्डको यु–२१ टोलीका महत्वपुर्ण सदस्य रहिसकेका १८ वर्षे ग्रीनवुड युनाइटेडकै उत्पादन हुन् । २०१८ […]
October 19, 2019
एजेन्सी – घरेलु टोली यूएई आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमै ओमानसँग ७ विकेटले पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि सहज जित निकाल्दै ओमानले सुखद सुरुवात गरेको हो । १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अकीव इलियासले ५१ […]
October 19, 2019
एजेन्सी – विङ्गर डि मारियाको दुई गोलसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा समेटिएको नाइसलाई उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १–१ गोल गरे । […]
October 18, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले शरफराज अहमदलाई टेष्ट र टी ट्वान्टीको कप्तानबाट हटाएको छ । पाकिस्तानले टेष्टमा अजहर अली र टि ट्वान्टीमा बाबर आजमलाई कप्तानको जिम्मेवारी दिएको छ । यसै महिना अष्ट्रेलियासँग हुने तीन टि ट्वान्टी र २ टेष्ट सिरिज अघि पाकिस्तानले शरफराजलाई टेष्ट र टि २० कप्तानबाट हटाउने निर्णय गरेको हो । शरफराजको कप्तानीमा […]
October 18, 2019
एजेन्सी – यूएईमा आज देखी सुरु भएको आईसीसी टि ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्ड र नेदरल्यान्डले विजयी सुरुवात गरेका छन् । विश्वकप छनोटको दोस्रो खेलमा आयरल्यान्डले हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । आयरल्यान्डको जितमा एन्डयू […]
October 18, 2019
एजेन्सी – सिंगापुरले यूएईमा आजदेखी सुरु भएको आईसीसी टि२० विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित निकाल्दै सिंगापुरले विजयी शुरुवात गरेको हो । आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । स्कटल्यान्डलाई जितको लागि […]