default_image

अन्तर्राष्ट्रिय

October 27, 2019

पप्पुवा न्युगिनी पहिलो पटक टि ट्वान्टी विश्वकपमा

एजेन्सी – पप्पुवा न्युगिनी पहिलो पटक टि२० विश्वकपको लागि छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी ग्लोबल विश्वकप छनोटमा समुह ए बाट शीर्ष स्थानमा रहँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि स्थान बनाएको हो । पप्पुवा न्युगिनीले ६ खेलमा ५ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा […]

October 27, 2019

वार्नरको शतकमा अष्ट्रेलियाको कीर्तिमानी जित

एजेन्सी – श्रीलंकाले अष्ट्रेलियासँगको पहिलो टि ट्वान्टी खेलमा लज्जास्पद हार बेहोरेको छ । अष्ट्रेलियाले कीर्तिमानी जित हात पार्नेक्रममा श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो अष्ट्रेलियाले रन अन्तरले टि२० आईमा हात पारेको सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ […]

October 27, 2019

वार्नरको शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नरको शतक,ग्लेन म्याक्सवेल र आरोन फिन्चले अर्ध शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो टि ट्वान्टी खेलमा श्रीलंकालाई २ सय ३४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले अविजित शतकीय योगदान […]

October 27, 2019

लेवान्डोस्कीको कीर्तिमानसँगै बायर्न शीर्षस्थानमा

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् । खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता […]

October 27, 2019

पुलिसिकको ‘पर्फेक्ट ह्याट्रिक’ मा चेल्सी विजयी

एजेन्सी – अमेरिकी विंगर क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेसँगै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले बर्नलीको घरेलु मैदानमा ४-२ को जित दर्ता गरेको छ । पुलिसिकले खेलको २१ औं मिनेटमा सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट उनले बल जितेर त्यसै बललाई पोस्टसम्म लाग्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा […]

October 27, 2019

रियललाई उछिन्दै एटलेटिकोद्वारा बार्सिलोनासँग बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ । यससँगै एटलेटिकोले अंक तालिकामा रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । दोस्रो मिनेटमा नै एटलेटिकोका गोलरक्षक जान ओब्लाकले इनिगो मार्टिनेजको हेडर बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको २८ औं मिनेटमा साउल […]

October 26, 2019

सिल्भाको कीर्तिमानमा सिटीको जित

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा एस्टन भिल्लालाई ३–० ले हराएको छ । सिटीको जितमा रहिम स्टर्लिङ, डेभिड सिल्भा र इके गोन्डुगोनले गोल गरेका थिए । सिल्भाले क्लबबाट कीर्तिमानी २ सय ६७ औं पटक पहिलो रोजाइमा प्रिमियर लिग खेलेका छन् । पहिलो हाफमा गोल गर्न नसकेपछि सिटीले दोस्रो हाफको सुरुवात मै गोलको […]

October 26, 2019

रोनाल्डोविना युभेन्टस बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा साविक विजेता युभेन्टस लेच्चेसँग बराबरीमा रोकिएको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा युभेन्टस लिगको तल्लो स्थानमा रहेको लेच्चेसँग १-१ को बराबरीमा रोकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका […]

October 26, 2019

ई-स्पोर्ट्समा माई रिभेन्जलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा सम्पन्न दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत माई रिभेन्जले डोटा र सीएस-गोतर्फ दोहोरो उपाधि जितेको छ । डोटातर्फ फाइनलमा माई रिभेन्जले हेक्स गेमिङको चुनौती पन्छाउँदै उपाधिसहित ५० हजार रुपैयाँ जितेको हो । माई-रिभेन्जको टोलीमा सुमित श्रेष्ठ, इरिन राई, लिगल सुब्बा, श्रनुप तन्डुकार, अभिनव शाक्य, […]

October 26, 2019

रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, नेयमार परेनन्

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा परेका छन् । प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् । ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १५ मा साउदी अरेबियामा हुने खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । त्यसको ४ दिनपछि नै ब्राजिलले आबुधबीमा हुने खेलमा दक्षिण […]

Success

Thank you for your time.