November 2, 2019
एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फ्रान्कफर्टसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बायर्न घरेलु टोली फ्रान्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । खेलको नवौं मिनेटमा जेरोमी बोएटिङलाई भिएआरको सहायतामा रातो कार्ड देखाउदै मैदानबाहिर पठाएपछि बायर्न १० खेलाडीमा समेटिदै समस्यामा परेको थियो । २५औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै […]
November 2, 2019
एजेन्सी – प्रिमियर लिगको यो सिजनमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । शनिबार टोलीले अर्को हार बेहोरेको छ । १० खेलमा ४ खेल गुमाइसकेको युनाइटेडले ४ मा बराबरी खेलेको छ भने मात्र ३ खेलमा जित हासिल गरेको छ । जोसुवा किङ्सको गोलमा यसपटक युनाइटेड एएफसी बोर्नमाउथसँग १–० ले स्तब्ध भएको थियो । युनाइटेड दुई […]
November 2, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । पछिल्लो खेलमा लेगानेसमाथि ५-० को सहज जित दर्ता गरेको रियल लगातार तेस्रो जित हासिल गर्ने सुरमा हुनेछ । रियलका लागि लेगानेसविरुद्ध जारी सिजन अपेक्षित प्रदर्शन गर्न नसकेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । गोलरक्षक थिबाउट कोर्टुवाले क्लिन सिट राख्दा लुका जोभिचले […]
November 2, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति स्पेनिस ला लिगामा लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ । खेल लेभान्टेको मैदानमा राति ८ः४५ बजेपछि शुरु हुनेछ । ला लिगाको पाँचौ राउन्डमा ग्रानडासँग २–० ले स्तब्ध भएयता बार्सिलोनाले लगातार ७ खेलमा जित हात पारेको छ । बार्सिलोनाले पछिल्ला ७ खेलमा जित निकाल्दा भिल्लारियल, गेटाफे, इन्टर मिलान, सेभिल्ला, इवर, स्लाभिया प्राहा […]
November 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ११ चरणका ८ खेलहरु हुदैछ । लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको भ्रमण गर्दा लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजेपछि हुनेछ । त्यसअघि साँझ ६ः१५ बजे बर्नमाउथले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो […]
November 2, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् । २७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक […]
November 2, 2019
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो । डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको […]
November 1, 2019
एजेन्सी – नेदरल्यान्ड्स यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ पहिलो सेमिफाइनलमा टेष्ट टोली आयरल्यान्डलाई २१ रनले हराउँदै नेदरल्यान्ड्स फाइनलमा पुगेको हो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका पल स्टर्लिङ २९, […]
November 1, 2019
एजेन्सी – नेपालले बंगलादेशमा हुने इमर्जिङ टिम एसिया कप खेल्न पाउने भएको छ । यूएईले अन्तिम समयमा आन्तरिक कारण आफ्नो नाम फिर्ता लिएपछि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नेपाललाई मौका दिएको हो । इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखी मंसिर ७ (नोभेम्बर १४–२३) सम्म बंगलादेशमा हुने छ । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान […]
November 1, 2019
प्रकाश तिमल्सिना, काठमाडौं फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट अन्तर्गत पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि शुक्रबार साँझ फ्लडलाइट्सको सफल परिक्षण गरिएको छ । नेपाल र कुवेतबिचको खेल साँझ ५:४५ बजे हुने तयारी गरिएको छ । सोहिअनुरुप आज रंगशालाको फ्लडलाइट्सको सफल परिक्षण […]