November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशमा अर्को सातादेखि हुने इमर्जिङ नेसन्स कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यूएईमा हुने टि टेनका कारण टोलीमा रहेका […]
November 6, 2019
एजेन्सी – तीन एकदिवसिय खेलको सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । वेस्ट इन्डिजलाई सहज जित दिलाउन रोश्टन चेश र शाई होपले उत्कृष्ट ब्याटिङ गरे । रोश्टन र शाईले तेस्रो विकेटका […]
November 6, 2019
एजेन्सी – किंग्स इलेभेन पन्जाबका कप्तान तथा भारतीय सफल स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग(आईपीएल) आगामी संस्करणका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका छन् । लामो समय देखि आश्विनलाई भित्र्याउन दिल्लीले प्रयास गरिरहेको थियो । केहि समय अघि दिल्ली नजाने मनासय बनाएका आश्विन अन्तत: जाने निर्णय लिएका हुन् । चार लेग स्पिनर रहेको दिल्लीमा अफ स्पिनर […]
November 6, 2019
एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा गालातासारेसँग दोस्रो भेटमा पनि सफलता प्राप्त गर्ने अपेक्षा गरेको छ । तर, फेरि पनि एक पटक प्रि म्याच कन्फ्रेन्स गेराथ बेलमा केन्द्रित भएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका बेल कम्तिमा सिजनको अन्त्यसम्म क्लबमै रहनेमा आशावादी रहेको बताएका छन् । ‘म बेललाई यो सिजनको अन्त्यसम्म पनि […]
November 6, 2019
एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो । लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणी खेल्दै छ । खेल विहान ९ :३० पछि टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपालले १४ वर्षपछि प्रथम श्रेणीमा पुनरागमन गर्ने छ । सन् २००५ मा मार्चमा यूएईसँग कीर्तिपुरमा खेले त्यसयता नेपालले प्रथम श्रेणीको खेलेको छैन । ज्ञानेन्द्र […]
November 6, 2019
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । डर्टमन्डले इन्टर मिलानमाथि ३–२ को पूनरागमन जित हात पारेको हो । सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोली डर्टमन्डले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पार्दा अचराफ हाकिमीले दुई तथा जुलियन ब्रान्डले एक गोल […]
November 6, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा बेल्जियन क्लब जेन्कलाई २–१ ले पराजित गर्दै लिभरपुल नकआउट नजिक पुगेको हो । समूह चरणमा दुई खेल बाँकी रहँदा लिभरपुलले अब एक खेलमा जित हात पारे नकआउट चरणमा स्थान बनाउनेछ । लिभरपुल ४ खेलबाट ९ […]
November 6, 2019
एजेन्सी – ८ गोल र दुई रातो भएको च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो । स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती […]
November 6, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले केही सुन्दर मौका खेर फाल्दा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको छ । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान नोउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको ११औं मिनेटमा […]