November 25, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडको खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ । खेलमा पछि परेर पनि जिततर्फ उन्मुख युनाइटेडले सेफिल्डसँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको हो । सेफिल्डका जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनीले गोल गरे । युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । […]
November 25, 2019
एजेन्सी – स्पेनिस ला लिगामा शनिबार राति रियल म्याड्रिडले रियल सोसिडाडमाथि ३–१ को सहज जित आत्मसात गर्यो । रियलका लागि करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल फर्काएका थिए । प्रशिक्षक जिनेदिन जिदानले वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई वैकल्पिक खेलाडीको रुपमा मैदानमा उतारेका थिए । वेल ६७औं […]
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लको पछिल्लो प्रर्दशन सन्तोकजन छैन । लगातार खराब प्रर्दशन गरि रहँदा समर्थकले सामाजिक सञ्जालमा चर्को आलोचना ब्यक्त गर्दै आएका छन् । पछिल्ला पाँच अन्तर्राष्ट्रिय इनिङमा ज्ञानेन्द्र ३ मा खाता खोल्न सकेका छैनन् । शनिवार बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि ज्ञानेन्द्रको […]
November 24, 2019
एजेन्सी – भारतले बंगलादेशसँगको दोस्रो डे नाइट टेष्टमा कीर्तिमानी जित हात पारेको छ । आइतबार बंगलादेशलाई ४६ रनको इनिङ अन्तरले पराजित गर्दै भारतले कीर्तिमान रचेको हो । यससँगै भारतले लगातार चार खेलमा इनिङ अन्तरले विजयी हुने भारत पहिलो टेष्ट टोली बनेको छ । यस अघि पहिलो टेष्टमा भारतले बंगलादेशलाई १ सय ३० रनको इनिङ अन्तरले […]
November 24, 2019
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया इनिङ अन्तरले विजयी भएको छ । पाकिस्तान दोस्रो इनिङमा ८४.२ ओभरमा ३ सय ३५ रनमा अल आउट भएपछि ५ रनको इनिङ अन्तरले अष्ट्रेलिया विजयी भएको हो । पाकिस्तानका लागि युवा खेलाडी बाबर आजमले १ सय ४ रनको शतकीय इनिङ खेलेपनि इनिङ अन्तरको हार टार्न सकेनन् । टेष्ट […]
November 24, 2019
एजेन्सी – विकेटकिपर बिजे वाटलिङले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि इंग्ल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले विशाल योगफल तयार पारेको छ । चौथो दिनको खेल सकिदा न्युजिल्यान्डले २ सय ७ रनको अग्रता कायम राखेको छ । दोस्रो इनिङमा इंग्ल्यान्ड २७.४ ओभरमा ५५-३ को कमजोर अवस्थामा छ । चौथो दिनको अन्तिम बलमा मिचेल सान्टनारले ज्याक लेचलाई शून्यमा […]
November 24, 2019
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको […]
November 24, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु टोली सिटीले चेल्सीमाथि २–१ को जित निकालेको हो । सिटीको जितमा केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एङ्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । इतिहाद् […]
November 24, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड रोबर्टाे फिर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । बराबरीतर्फ उन्मुख खेलमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को कठिन जित निकाल्दै अपराजित यात्रालाई लम्ब्याएको हो । लिभरपुलका साडियो मानेले गोल गरे । घरेलु टोलीका विलफ्रेड […]
November 23, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइनको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पूनरागमन जित निकालेको छ । युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली एटलान्टामाथि ३–१ को पूनरागमन जित निकालेको हो । अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले एक गोल थपे । घरेलु टोलीका रोविन गोसेन्सले गरेको गोल सान्त्वना गोल बन्यो । […]