January 26, 2020
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ […]
January 26, 2020
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ । आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको […]
January 26, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए […]
January 25, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै […]
January 25, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सेप्टेम्बरमा पाकिस्तानमा हुने टि ट्वान्टी एसिया कप प्रतियोगिता खेल्न भारत नआए आफु सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप खेल्न नजाने बताएको छ । पीसीबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वासिम खानले शनिबार पत्रकार सम्मेलनमा यस्तो प्रतिकृया दिएका हुन् । ‘भारतीय टोली एसिया कपको लागि यदी पाकिस्तान आउदैन […]
January 25, 2020
एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बंगलादेशलाई दोस्रो टि ट्वान्टी खेलमा ९ विकेटले पराजित गर्दै एक खेल अगावै टि ट्वान्टी सिरिज २-० ले जितेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको सहज जितमा कप्तान बाबर […]
January 25, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । शनिबार आफ्नो लिग चरणको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएपनि मेलबर्न स्टार्स शीर्ष स्थानमा रहँदै क्वालिफयारमा स्थान पक्का गरेको हो । हिटले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्टार्स १७.४ ओभरमा अल […]
January 25, 2020
एजेन्सी – निकै समयको कसरतपछि अन्तत: टोटेनहम हट्स्परका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलान जाने भएका छन् । इंग्लिस टोलीसँगको सम्झौता ६ महिनामात्र बाँकी रहेको अवस्थामा एरिक्सनले क्लब छाड्ने आशय व्यक्त गरेपछि इन्टरले उनलाई अनुबन्ध गर्ने प्रयास थालेको थियो । सन् २०१३ मा क्लबमा आबद्ध भएका एरिक्सनले क्लबका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै […]
January 25, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लगातार तेस्रो जित निकालेको छ । औसतको प्रदर्शन गरिहरेको मिलानले ब्रेसियामाथि उसकै मैदानमा १–० को जित निकालेको हो । समग्रमा पछिल्लो पाँच खेलमा मिलानको यो चौथो जित हो । जसमा मिलानले एक बराबरी र चार जित हात पारेको छ । जसमा इटालियन कोपा कपको जित पनि समावेश […]
January 25, 2020
एजेन्सी – विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्ड चम्कँदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । डर्टमण्डले एफसी कोल्नलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । डर्टमन्डको जितमा हालान्डले दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोल गरे । कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए । […]