default_image

अन्तर्राष्ट्रिय

March 7, 2020

सहवागको उत्कृष्ट ब्याटिङमा भारत लेजेन्ड्स विजयी

एजेन्सी – ओपनर तथा कप्तान विरेन्द्र सहवागको उत्कृष्ट ब्याटिङमा मुम्बईमा शनिबारदेखि सुरु भएको लेजेन्ड्स वर्ल्ड सिरिजमा भारत लेजेन्ड्सले विजयी सुरुवात गरेको छ । शनिबार वेस्टइन्डिज लिजेन्ड्सलाई ७ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारत […]

March 7, 2020

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको क्लिनस्वीप

एजेन्सी – तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज क्लिनस्वीप गरेको छ । शनिबार जितका लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४५.३ ओभरमा विकेट ४ गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिकाको सहज जितमा जेजे स्मट्सले ९८ बलमा १२ चौका सहित ८४ रनको योगदान […]

March 7, 2020

लिभरपुलले बर्नमाउथलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ । लिगको पछिल्लो खेलमा रेलिगेसन क्षेत्रमा रहेको वाटफर्डसँग पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको लिभरपुलले एफए कपमा चेल्सीसँग पनि हार भोगेको थियो । शनिबार पाहुना टोली बर्नमाउथले नै सुरुवाती अग्रता लिँदा लिभरपुललाई अर्को चिन्ता थपिएको थियो । […]

March 7, 2020

ओपनर लिटन र तमीमको शतकसँगै बंगलादेशको क्लिनस्वीप

एजेन्सी – ओपनर तमीम इकबाल र लिटन दासको कीर्तिमानी दोहोरो शतकीय साझेदारीमा बंगलादेशले तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडीआई खेलको सिरिज बंगलादेशले क्लिनस्वीप गरेको छ । जितको लागि ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली जिम्बावे ३७.३ […]

March 7, 2020

श्रीलंकामाथि वेस्टइन्डिजको क्लिनस्वीप, रसेल सर्वोत्कृष्ट

एजेन्सी – आन्द्रे रसेलको आक्रामक ब्याटिङमा श्रीलंकासँगको दुई टि२० सिरिज पाहुना टोली वेस्ट इन्डिजले क्लिनस्वीप गरेको छ । शुक्रबार राती दोस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले क्लिनस्वीप गरेको हो । जितका लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १७ ओभरमै सहजै पुरा […]

March 7, 2020

भ्यालेन्सिया अलाभेससँग रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया डिर्पाेटिभो अलाभेससँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो । बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । […]

March 7, 2020

पीएसजी र स्ट्रार्सवर्गको खेल स्थगित

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण फ्रान्समा पहिलोपटक फुटबलका खेल स्थगित भएको छ ।  शनिबार रातिको लागि तय भएको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रार्सवर्गबीचको खेल स्थगित भएको फ्रेन्च लिग प्रोफेसनल (एलएफपी) ले जनाएको छ । विश्वमा पछिल्लोपटक कोरोना त्रासकै कारण खेलहरु धमाधम स्थगति गरिन थालेको छ । खेल […]

March 6, 2020

नामिबियाको प्रस्तावमा टि ट्वान्टी सिरिजको सम्भावना !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, स्कटल्याण्ड र नामिबियाबीच अर्को वर्ष टि ट्वान्टी त्रिकोणात्मक सिरिज हुने सम्भावना रहेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा नेपाल र स्कटल्याण्डसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजको क्रममा टि ट्वान्टी सिरिज पनि हुन सक्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । आईसीसी विश्वकप लिग २ […]

March 6, 2020

हार्दिकको बिष्फोटक शतक, छक्काको वर्षा

एजेन्सी – भारतीय अलराउन्डर हार्दिक पान्ड्याले मुम्बईमा जारी १६ औं डिवाई पटिल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बिष्फोटक अविजित शतक प्रहार गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा पान्ड्याले रिलायन्स १ बाट बिपिसीविरुद्ध छक्का वर्षा गराएका छन् । हार्दिक ५५ बलमा ६ चौका र २० छक्का सहित १ सय ५८ रनमा अविजित रहे । पान्ड्याको शतकको […]

March 6, 2020

एसियाका विश्वकप छनोटको खेल स्थगित !

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।   बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसका कारण तत्कालका लागि तय […]

Success

Thank you for your time.