default_image

अन्तर्राष्ट्रिय

March 13, 2020

म्यानचेस्टरको ५ गोल

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो । बिहीबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा […]

March 12, 2020

विदेशी खेलाडी विनानै आइपिएल हुने सम्भावना !

एजेन्सी – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) संकटमा परेको छ । आइपिएल चैत १६ देखि २०७७ जेठ ११ गते सम्म भारतका विभिन्न सहरमा सञ्चालन हुने तय छ । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेसँगै अब सुरुवाती खेल विदेशी खेलाडी विनानै आइपिएल सञ्चालन गर्नुपर्ने अवस्था […]

March 12, 2020

टि २० वरियता : सन्दीपको सुधार, पारस खस्किए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नयाँ टि ट्वान्टी वरियतामा सुधार गर्दा पूर्व कप्तान पारस खड्काको वरियता खस्केको छ । आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ टी ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ८४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ भने पारस एकै पटक १२ स्थान […]

March 12, 2020

रोनाल्डो क्वारेन्टाइनमा !

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका बेला युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने […]

March 12, 2020

आईपीएलको प्रर्दशनमा निर्भर धोनीको भविष्य

एजेन्सी – गत असारमा इंग्ल्यान्डमा सम्पन्न आईसीसी एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता विकेटकिपर महेन्द्र सिंह धोनी टोलीमा छैनन् । दुइ महिना आर्मीको तालिम गर्दा अन्य समय धोनीले पारिवारसँग बिताए । सेमिफाइनलमा जितका लागि २ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई विश्वकप फाइनलमा स्थान बनाउन अन्तिम १२ बलमा ३१ रन आवश्यक थियो । […]

March 12, 2020

युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमण

एजेन्सी – इटालियन क्लब युभेन्टसका डिफेन्डर ड्यानीएल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्टसले बुधबार एक विज्ञप्ति जारी गर्दै रुगानीलाई कोरोना भएको बताएको छ । २५ वर्षीय रुगानीमा हाल कुनै समस्या नदेखिएपनि परिक्षणमा भने उनलाई कोरोना भएको देखिएको हो । रुगानीले गत साता इन्टर मिलानविरुद्ध खेलमा बेन्चमा रहेका थिए । उनले उक्त खेलपछि […]

March 12, 2020

नेयमार नायक बन्दा पीएसजीको पूनरागमन जित

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पछि परेको थियो । […]

March 12, 2020

लिभरपुल च्याम्पियन्स लिगबाट नकआउट

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै नकआउट भएको छ । बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजत हुदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो । लिभरपुललाई नकआउट […]

March 11, 2020

जोन्टी र मोर्केलले दक्षिण अफ्रिकालाई जिताए

एजेन्सी – कप्तान जोन्टी रोड्स र अल्बी मोर्केलको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिका लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्डसलाई ६ विकेटले पराजित गर्दै लेजेन्ड्स वर्ल्ड सिरिजमा विजयी सुरुवात गरेको छ । जितका लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले १८.३ ओभरमा ४ विकेट लक्ष्य गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिका लेजेन्ड्सको जितमा कप्तान जोन्टी रोड्स […]

March 11, 2020

जिम्बावेमाथि बंगलादेशको क्लिनस्विप

एजेन्सी – जिम्बावेसँगको दुई टि ट्वान्टी सिरिजमा घरेलु टोली बंगलादेशले क्लिनस्विप गरेको छ । दोस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज २–० ले जितेको हो । बुधबार १ सय २० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १५.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा ओपनर लिटन दास ४५ बलमा ८ […]

Success

Thank you for your time.