April 9, 2020
एजेन्सी – नेयमारलाई जुन सुकै समयमा पनि आफुहरु क्लबमा स्वागत गर्न तयार रहेको बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले बताएका छन् । बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार र इन्टर मिलानबाट लाउराटो मार्टिनेजलाई ल्याउन गरिरहेको प्रयासमा उरुग्वेली फरवार्ड स्वारेजले समर्थन गरेका छन् । नेयमार र मार्टिनेजलाई बार्सिलोनाले नयाँ सिजनमा भित्राउने सम्भावना छ । यद्दपी कोरोना भाइरस […]
April 9, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबको आम्दानीमा गिरावट आउने भएपछि २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने भएका छन् । क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो […]
April 8, 2020
एजेन्सी – क्लब फुटबलकै हालसम्म सर्वाधिक बढि स्टार खेलाडी सम्मिलित रियल म्याड्रिडको टोली उर्फ गालाक्टिकोसमा केहि खेलाडीले संघर्ष गर्नुपर्यो । त्यसबेला रियल म्याड्रिडमा फाबियो कापोले प्रशिक्षक रहँदा अग्रपंक्तिमा स्थान बनाउन समस्या भएको इटालियन फरवार्ड एन्टोनियो कासानोले बताएका छन् । कासानो प्राय विवादित रहे । उनी आफुलाई लागेको कुरा प्रष्ट रुपमा भन्नेका रुपमा परिचित थिए । […]
April 8, 2020
एजेन्सी – इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बटलरले गतवर्ष भएको एकदिवसिय विश्वकप फाइनलमा लगाएको जर्सी मोटो रकममा लिलामी भएको छ । विश्वभर महामरीको रुप लिएको कोरोना भारइस विरुद्ध सहयोगको लागि बटलरले आफुले विश्वकप जित्दा न्युजिल्यान्डविरुद्ध फाइनलमा लगाएको जर्सी नै सार्वजनिक लिलामीमा राखेका थिए । मंगलबार सम्मको म्याद रहेको उक्त लिलामीमा ८२ जनाको बोली लाग्दै ६५ हजार […]
April 8, 2020
एजेन्सी – युईएफएका अध्यक्ष एलेकसेन्डर सेफेरिनको नजरमा लिभरपुल प्रिमियर लिगको च्याम्पियन नबनी प्रिमियर लिगको सिजन टुंगिने कुनै सम्भावना छैन । कोरोना भाइरस कोभिड १९ का कारण स्थगित भएको प्रिमियर लिग हुन नसकेको वा रद्द भएको अवस्था बेग्लै भएको उल्लेख गर्दै सेफेरिनले लिग पुनः सुरु भएको अवस्थामा लिभरपुलले लिग जित्ने निश्चित जस्तै भएको बताए । लिगको […]
April 8, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्सका पुर्व फरवार्ड लोइस साहाले समकालीन खेलाडीको रुपमा आफ्नो पूर्व सहयात्री पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी रहेको बताएका छन् । ४१ वर्षीय साहाले एक अन्तर्वार्ताका क्रममा समकालीन फुटबलमा उनी उत्कृष्ट खेलाडी रहेको र उनले जस्तो अहिलेका कुनै पनि खेलाडीले गर्न नसक्ने दावीसमेत गरेका […]
April 8, 2020
एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पुर्व स्पेनिस क्लब रियल म्याड्रिडमा फर्कन सक्ने सम्भावना बढेको छ । इटालियन पत्रिका कोरिरे डेलो स्पार्ट्सका अनुसार युभेन्टसले आफ्नो स्टार फरवार्ड रोनाल्डोलाई म्याड्रिड फर्काउन चाहेको बुझिएको छ । जसका लागि युभेन्टसले सुरुवातमा ५० मिलियन पाउन्डमा प्रस्ताव गर्ने बुझिएको छ । यो प्रस्ताव रियलले […]
April 8, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले तत्काल बार्सिलोना छाडेर अन्यत्र गएपनि उनको अनुपस्थितिले स्पेनिस ला लिगालाई केहि असर नपर्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् । टेबासले पछिल्लो समय मेस्सीले बार्सिलोना छाडेर इन्टर मिलान जाने हल्ला चलेकोमा उक्त ट्रान्सफर सफल भएपनि केहि असर नपर्ने बताएका हुन् । उनका अनुसार उक्त ट्रान्सफरले सिरी ए लाई पनि […]
April 8, 2020
एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाई रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । तर, उनीहरुलाई ३२ दिनपछि नै रिहा गरिएको हो […]
April 7, 2020
एजेन्सी – फरवार्ड थोमस मुलरले जर्मन क्लब बायर्न म्युनिखमा थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । ३० वर्षीय मुलरले मंगलबार थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । यससँगै मुलर २०२३ सम्म बायर्नमै रहनेछन् । मुलरको सम्झौता अझै एक वर्ष बाँकी रहेको थियो । तर, क्लबले सम्झौता बाँकी रहँदै सम्झौता नवीकरण गरेको हो । […]