April 15, 2020
एजन्सी – गोलकिपर म्यानुयल नुयोर र बायर्न म्युनिखबीच नयाँ सम्झौताका विषयमा भएको छलफल अहिलेका लागि विना सहमति टुंगिएको छ । झन्डै दशकयता बायर्नको पोष्ट सम्हालेका नुयोरको क्लबसँगको सम्झौता सन् २०२१ सम्म छ । त्यसको पृष्ठभुमीमा सम्झौता नविकरणका लागि भएको छलफल सुखद भने हुन सकेन । जर्मनी राष्ट्रिय टोलीका समेत गोलकिपर रहेका नुयोरको शर्तलाई क्लबले अस्वीकार […]
April 14, 2020
एजेन्सी – बेल्जियन राष्ट्रिय टोली तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी मारोउने फेलाइनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमण हुने पहिलो चिनिया सुपर लिग (सिएसएल) खेलाडी बनेका फेलाइनी २१ दिन पछि कोरोनाबाट मुक्त भएको अस्पतालले पुष्टि गरेको छ । उनकोे जिना शहरस्थित एक अस्पतालमा उपचार भएको थियो । उनी […]
April 14, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले लामो समय देखी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को ओडिआई वरीयतामा शीर्षस्थानमा रहँदै आएका छन् । सन् २०१८ मा बल टेम्परिङ काण्डका कारण अष्टेलियाका कप्तान स्टिभ स्मिथलाई १२ महिनाको प्रतिबन्ध लागेपछि कोहली केहि समय शीर्ष स्थानमा उक्लिएका थिए । तर स्मिथ प्रतिबन्धपछि फर्कंदै एसेज सिरिजमा उत्कृष्ट प्रर्दशनका साथ […]
April 14, 2020
एजेन्सी – इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले इंग्लिस प्रिमियरको लिगको नयाँ सिजन अघि दुई सातामात्रै ब्रेक गराउने तयारी गरेको छ । प्रिमियर लिगको यो सिजन कोरोना भाइरस (कोभिड–१९) कारण अन्त्य हुनेमा शंका छ । तर, पनि एफएले यो सिजनको प्रिमियर लिग जसरी पनि सकाउने योजना बनाएको छ । तर, नियमित तालिका अनुसार यो सिजन मे […]
April 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका लागि नतिजाका हिसाबले २०७६ साल खराब रह्यो । असारमा मलेसियासँग दुई टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो । यो वर्ष नेपाली क्रिकेटमा सफलता भन्दा बढी असफता रहे । टि२० विश्वकप २०२०, टि२० एसिया कप, […]
April 14, 2020
एजेन्सी – क्यामरुन तथा डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनानाले स्पेनिस क्लब बार्सिलोना आफ्नो घर रहेको र क्लबले चाहेको अवस्थामा जुनसुकै बेला पनि फर्कन सक्ने बताएका छन् । २४ वर्षीय ओनानालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सीले चासो देखाइरहेपनि उनले बार्सिलोना फर्कने मनासयमा छन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका ओनानाले गतवर्ष बार्सिलोनाको […]
April 14, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन सक्ने क्लब हो । राम्रो खेलाडीको लागि रियल जुनसुकै मुल्य पनि खर्चन तयार हुन्छ । त्यसको उदाहारणको रुपमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र वेल्सका ग्यारेथ बेललाई अनुबन्ध गर्न खर्चिएको रकमलाई लिन सकिन्छ । आपसी समझदारी र तालमेलको अभावमा रियल ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गर्न […]
April 13, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्नो पुर्व लेजेन्ड तथा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पुनः अनुबन्ध गर्ने योजना नरहेको क्लबनिकट स्रोतले एएसलाई बताएका छन् । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व खेलकुदको अर्थतन्त्र नै संकटमा पर्न सक्ने अवस्थामा इटालियन क्लब युभेन्टसले आफ्नो सुपरस्टार रोनाल्डो बेच्ने तयारीको गरिरहेको छ । यसबीचमा रोनाल्डो आफ्नो […]
April 13, 2020
एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरकी आमा नादिया गोन्काल्भेस यतिबेला आफ्ना छोरा नेयमारभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्वन्धका कारण निकै चर्चामा छिन् । ५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी हुन् । डेटिङमा रमाइरहेकी नदियाको […]
April 13, 2020
एजेन्सी – इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी अर्काे सिजन क्लबमा फर्कने सम्भावना न्युन रहेको बताएका छन् । मैदानभित्र प्रभावशाली प्रदर्शन गरेपनि व्यवस्थापनसँग खटपट परेपछि सिजनको सुरुवातमा लोनमा पीएसजी पठाइएको थियो । उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लगातार उच्च प्रदर्शन गरिरहेका […]