July 9, 2020
एजेन्सी – क्याटलान शहरी प्रतिद्धन्द्धीलाई पराजित गर्दै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राख्दा एस्पान्योल रेलिगेसनमा परेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राखेको हो । यद्दपि रियलले एक खेल […]
July 8, 2020
एजेन्सी – एसिया कप टि२० क्रिकेट प्रतियोगिता २०२० रद्द हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष सौरभ गांगुलीले एसिया कप २०२० रद्द हुने बुधबार बताएका छन् । गांगुलीले विहीबार बस्ने एसियन क्रिकेट काउन्सिल (एसिसी) को बैठकले सार्वजनिक गर्ने बताएका छन् । एसिया कप २०२० आगमी सेप्टेम्बरमा पाकिस्तानमा खेल्ने कार्यतालिका थियो । […]
July 8, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले पछिल्लो समय आफ्नो एकेडेमीबाट हुर्केका खेलाडीलाई अन्य क्लब बेचेर ठूलो धनराशी आर्जन गर्दै आएको छ । क्लबको इतिहासमा एकेडेमीका खेलाडीले प्राप्त गरेको शीर्ष ५ ट्रान्सफर सबै पछिल्लो ४ वर्षमा सम्भव भएको थियो । अघिल्लो सातामात्र अक्रफ हाकिमी इन्टर मिलानमा अनुबन्ध भएपछि रियलले मोटो रकम हात पारेको थियो । त्यसअघि […]
July 8, 2020
एजेन्सी – रियल म्याड्रिडका हामेस रोड्रिग्वेज खेल जीवनको दोबाटोमा रहेका छन् । अब नयाँ सिजनमा उनको खेल जीवनले नयाँ गन्तव्य लिने विश्वास गरिएको छ । रियलमा अहिले उनी त्यति रुचाइएका खेलाडी होइनन् । त्यसले उनको प्राथमिकता भनेको एट्लेटिको म्याड्रिडमा रहेको बताइएको छ । डिएगो सिमिओनीको टोलीका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ […]
July 8, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३५औं चरणको खेलमा विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोनाले शहरी प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दा गेटाफे र भिल्लारियल तथा रियल बेटिस र ओसासुनाबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । क्याटलान डर्वीको खेल क्याम्प नोउमा नेपाल समयअनुसार बिहीबार बिहान १ः४५ बजे प्रतिस्पर्धा हुदैछ […]
July 8, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेयमारको स्थानान्तरण यो सिजन सम्भव नभएको बताएका छन् । स्पेनिस रेडियो आरएसीसँगको अन्तर्वार्तामा अध्यक्ष जोसेपले अहिलेको यो विषम अवस्थामा नेयमार बार्सिलोना फर्कने सम्भावना नभएको बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण क्लबहरुको आर्थिक अवस्था नाजुक भएको कारण ठुला खेलाडीको सरुवा सम्भव नभएको उनले थपेका […]
July 8, 2020
एजेन्सी – इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेष्ट खेल बुधवार देखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:३० मा साउथह्याप्टनमा सुरु हुनेछ । कोरोना महामारीको कारण मार्च १३ पछि पहिलो पटक अन्तर्राािष्ट्रय खेल खेल हुन लागेको हो । पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलिया र न्युजिल्यान्डबीच एक दिवसिय खेल भएको थियो । १ […]
July 8, 2020
एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा एट्लेटिको सेल्टासँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । सेल्टाको मैदानमा मंगलबार राति भएको खेलको पहिलो मिनेटमा नै अल्भेरो मोराटाको गोलमा एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । सेल्टाका इगो आसपासको मिस पासमा एन्जल कोरेराले क्रसमा […]
July 8, 2020
एजेन्सी – जेमी भार्डीले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि लेस्टर सिटी आर्सनलसँगको हारबाट जोगिएको छ । लेस्टरले १० खेलाडीमा समेटिएको आर्सनलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा आर्सनलका कप्तान पिएरे इमरि औवामियाङले गोल गर्दा लेस्टरका जेमी भार्डीले बराबरी गोल फर्काएका थिए । यो बराबरीले लेस्टर […]
July 8, 2020
एजेन्सी – ब्राजिलियन विंगर विलियनले लगातार उच्च प्रदर्शन गरेपछि लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीले घरेलु टोलीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको हो । अर्काे खेलमा तेस्रो स्थानमा रहेको लेस्टर र आर्सनलले १–१ गोलको बराबरी खेलेपछि चेल्सी तेस्रो स्थानमा उक्लन सफल भएको […]