July 27, 2024
एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]
July 26, 2024
एजेन्सी – आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]
July 26, 2024
एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो। नेपाली महिला युवा टोली च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई हराउँदै […]
July 18, 2024
एजेन्सी – ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो । गत महिना भारतले टि ट्वान्टीको विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए। भारतले श्रीलंकासँग ३ ओडीआई पनि […]
July 18, 2024
एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गरेका फरवार्ड ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको औपचारिक घोषणा गरेका छन् । ३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए । इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पूर्व फरवार्ड जिरुडले अब […]
July 15, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनल थप समयमा गएको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको हो । फाइनल अघिका खेलमा भने ९० मिनेटको खेलमा बराबरी भए सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो। फाइनल खेल्ने क्रममा अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। दायाँ खुट्टाको […]
July 15, 2024
एजेन्सी – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्। कोलम्बिया विरुद्ध सोमबार अमेरिकामा भइरहेको कोपा अमेरिकाको फाइनल खेल्ने क्रममा मेस्सी घाइते भएका हुन्। दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए। अर्जेन्टिना उपाधि रक्षा र कोलम्बिया दोस्रो पटक उपाधि जित्न प्रयासरत […]
July 14, 2024
एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो राष्ट्र अर्जेन्टिनाको सिनियर टोलीबाट सोमबार बिहान सातौं फाइनलको रुपमा कोपा अमेरिका २०२४ मा कोलम्वियासँग प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजेपछि हुनेछ । सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि […]