September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]
September 11, 2024
एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]
September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए । […]
September 10, 2024
काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]
September 10, 2024
एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे । खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै […]
September 9, 2024
एजेन्सी – ओपनर पथुम निशंकाले शतक पूरा गरेपछि श्रीलंकाले इङ्ग्ल्यान्डलाई तेस्रो टेस्टमा हराएको छ। इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट चौथो दिन सोमवार ८ विकेटले जितको हो । यद्दपी ३ टेस्टको श्रृंखला घरेलु टोलीले २-१ ले जितेको छ। २ सय १९ रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि ओपनर […]
September 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीपले ओडिआईमा अन्तिम पटक भारतसँग एसिया कपका क्रममा […]
September 9, 2024
एजेन्सी – बंगलादेशविरुद्धको २ टेस्टको सिरिजको पहिलो खेलका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई)ले आइतवार रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । २१ महिना पछि रिषभ पन्तले टोलीमा पुरागमन गरेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् । […]
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ ।नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ […]