default_image

अन्तर्राष्ट्रिय

March 3, 2022

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा

एजेन्सी – साविक उपविजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लेगमा १–० को तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । घरेलु मैदान भ्यालेन्सियामा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा घरेलु टोलीको जितमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक […]

March 3, 2022

आत्मघाती गोलमा युभेन्ट्सको जित

एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल मद्दतमा युभेन्ट्सले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ । युभेन्ट्सले सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १–० को महत्वपूर्ण अवे जित निकालेको हो । स्टेडियो अर्टेमियो फ्रान्ची फिरेन्जेमा बुधबार राति बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लोरेन्जो भिनुटीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा सफलता […]

March 3, 2022

मिनामिनो चम्कदा लिभरपुलको जित

एजेन्सी – जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले घरेलु मैदानमा नर्विच सिटीमाथि २–१ को जित निकालेको हो । नर्विचका लुकास रुपले एक गोल फर्काए । एनफिल्डमा बुधबार राति भएको खेलको २७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता […]

March 3, 2022

रोमाञ्चक जित निकाल्दै चेल्सी एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि रोमाञ्चक जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी र एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि उसकै मैदानमा ३–२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।चेल्सीको जितमा सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे । लुटोन टाउनका रिस वर्क […]

March 2, 2022

भार्डी चम्कदा लेस्टरको सहज जित

एजेन्सी – सब्सिच्युट फरवार्ड जेमी भार्डीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो । टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे । घरेलु टोलीलाई लगातार […]

March 2, 2022

मिलान र इन्टरको बराबरी

एजेन्सी – कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् । मिलान डर्वीको सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा सकिएको हो । मिलानोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको फाइनल […]

March 2, 2022

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब टोटेनहम हटस्पर बाहिरिएको छ । सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरे । वेस्टन होम्स स्टेडियम पिटर्सव्रगमा मंगलबार राति […]

March 1, 2022

मार्स बने लिड्सको मुख्य प्रशिक्षक

एजेन्सी – प्रिमियर लिग क्लब लिड्स युनाइटेडले अमेरिकी जेसे मार्सलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लिड्सले जर्मन क्लब आरबी लाइप्जिगका पूर्व प्रशिक्षक मार्सलाई ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । लिड्सले आइतबार मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेपछि ४८ वर्षीय मार्सलाई लिड्सको जिम्मेवारी प्रदान गरेको हो । गत अप्रिल २९ मा […]

March 1, 2022

ब्राजिली लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनी १३ फेब्रुअरीमा नियमित उपचारको लागि अस्पताल भर्ना भएका थिए । कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका पेले सोमबार साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएका हुन् । सन् २०१५ मा पेलेको […]

March 1, 2022

रुसमाथि फिफा र युइएफएको प्रतिबन्ध

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले अर्काे सुचना जारी नभएसम्मको लागि रुसलाई फुटबलबाट प्रतिबन्ध सुनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्काे सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले […]

Success

Thank you for your time.