default_image

अन्तर्राष्ट्रिय

March 25, 2022

अपराजित ब्राजिलको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीलाई ४–० ले सहजै हराएको हो । माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको सहज जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको […]

March 25, 2022

बेल चम्कदा वेल्सको जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलको दुई गोल सहयोगमा वेल्सले फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा अष्ट्रियालाई पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ । कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा सिधै गोल […]

March 25, 2022

इटाली विश्वकप छनोट हुन असफल

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ । इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको […]

March 25, 2022

पोर्चुगल विश्वकपको छनोट नजिक

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ । पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका बुराक यिल्माजले एक गोल फर्काए। […]

March 24, 2022

अष्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तिन खेलाडी काओरु मिटोमाले दुई गोल गरेपछि अष्ट्रेलियामाथि सहज जित निकाल्दै जापान यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । जापानले अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको […]

March 24, 2022

विश्वकप छनोटः प्ले अफमा इटाली र नर्थ म्यासेडोनिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट अन्तरगतको प्ले अफको सेमिफाइनलमा आज (बिहीबार) राति युरो २०२० को विजेता इटालीले नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दैछ । खेल इटालीको घरेलु मैदान पालेर्माेमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । युरो विजेता इटाली तुलनात्मक रुपमा कमजोर नर्थ म्यासेडोनियालाई हराउँदै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राख्ने लक्ष्यमा हुनेछ […]

March 24, 2022

चोट र प्रतिबन्धले पोर्चुगललाई कठिन

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफको सेमिफाइनलमा विहीबार पोर्चुगलले टर्कीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:३० बजे सुरु हुनेछ । यस खेलको विजेताले प्लेअफ फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ । अर्को सेमिफाइनलमा आज नै इटाली र नर्थ म्यासेडोनिया प्रतिस्पर्धा गर्दैछन् । युरो कपको उपाधि जितेको […]

March 24, 2022

मेस्सीलाई पछि पार्दै नेयमार सर्वाधिक कमाउने फुटबलर

एजेन्सी – आफ्नै क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई पछि पार्दै ब्राजिली नेयमार लिग वानमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् । फ्रान्सको पत्रिका लेकिपले वर्षभर खेलाडीले लिने मासिक तलवका आधारमा निकालेको पछिल्लो तथ्यांकअनुसार नेयमारले यसै वर्ष बार्सिलोना छाडेर पिएसजी आएका मेस्सीलाई पछि पारेका हुन् । यसै समरमा फ्रि एजेन्टमा पिएसजी […]

March 24, 2022

बार्सिलोनामा डेम्वेलेको विकल्प राफिन्हा!

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेल विंगर ओसमान डेम्वेलेको क्लब छाडेको अवस्थामा उनको विकल्पमा ब्राजिलियन विंगर राफिन्हा ल्याउने तयारी गरिरहेका छन् । डेम्वेलेले बार्सिलोनामा रहने–नरहने केही टुंगा छैन । आउदो समरसँगै सम्झौता सकिन लागेका डेम्वेलेले अहिलेसम्म सम्झौता थप गरेका छैनन् । बार्सिलोनाले सम्झौता नविकरणको प्रयास गरेपनि डेम्वेलेले स्वीकार गरिरहेका छैनन् । डेम्वेलेले नयाँ सम्झौताका लागि […]

March 23, 2022

फिफा विश्वकपको ‘ड्र’ अर्काे साता हुने

एजेन्सी – यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्काे साता हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले मंगलबार १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा गरेको हो । विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ । कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली […]

Success

Thank you for your time.