October 3, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन लिगमा पराजित भएको छ। साविक विजेता रियल बुधवार फ्रान्सेली टोली लिएसँग १-० लेपराजित भएको हो। जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो। दुवैको समान ३ अंक छ।
October 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ। नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो। म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग खेल्दैछ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् […]
October 2, 2024
एजेन्सी – टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलंकासँगको टेस्ट सिरिज गुमाएसँगै साउथीले कप्तानीबाट राजिनामा दिएका हुन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले अक्टोबर १६ बाट भारतसँग हुने टेस्टका लागि टम लाथमलाई टोलीको कप्तानी दिएको छ । सन् २०२२ मा केन विलियम्सनले कप्तानी छोडे पछि साउथीले सो जिम्मेवारी लिएका थिए । यस बीचमा साउथीको […]
October 2, 2024
एजेन्सी – पाकिस्तानका ओडिआई तथा टि ट्वान्टी टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिएका छन् । आफ्नो कामको बोझ कम गर्न र आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै एक वर्षभन्दा कम समयमा बाबरले दोस्रो पटक कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक संजालमार्फत पोस्ट लेख्दै बाबरले राजिनामाको घोषणा गरेका हुन् । ‘मैले आफ्नो प्रदर्शनलाई प्राथमिकता […]
October 2, 2024
एजेन्सी – आर्सनलले च्याम्पियन लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । घरेलु मैदानमा मंगलवार आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २- ० ले पराजित गरेको हो । आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले समान १ गोल गरे । हावर्ट्जले २०औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । साकाले ३५औं […]
October 2, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगको यो सिजनमा पहिलो जित निकालेको छ । बार्सिलोनाले मंगलवार स्विस क्लब योङ ब्वाइजमाथि ५-० को प्रभावशाली जित हासिल गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोर्वट लेवान्डोस्कीले २, राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गर्दा ब्वाइजले उपहार स्वरुप १ गोल दिएको थियो । खेलको आठौं मिनेटमा लेवान्डोस्कीले […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीसँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ । क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका […]