default_image

अन्तर्राष्ट्रिय

October 6, 2024

बंगलादेशमाथि भारतको सहज जित 

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी खेलमा बंगलादेशले फराकिलो हार बेहोरेको छ । भारत भ्रमणमा रहेको बंगलादेशले ३ टि ट्वान्टी सिरिज खेल्नेछ । तीन खेलको टि ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । भारतको ग्वालियरमा आइतवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भयो । १ सय २८ रनको सामान्य लक्ष्य भारतले […]

October 6, 2024

भारत र पाकिस्तान खेल्दै

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा आज भारत र पाकिस्तानबीचको खेल छ । खेल दुबईमा नेपाली समय अनुसार आइतवार दिउसो ३ः४५ बजे सुरु हुनेछ। समूह ए मा रहेका भारत र पाकिस्तान विश्वकपको दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदा पाकिस्तानले भने श्रीलंकालाई हराएको थियो । भारत र पाकिस्तानबीचको पछिल्लो ५ […]

October 6, 2024

मियामीले टोरन्टोलाई हरायो

एजेन्सी – शीर्ष स्थानको इन्टर मियामिले मेजर सकर लिग (एनएसएल) मा टोरन्टो एफसीलाई पराजित गरेको छ । आइतवार बिहान २१औं जित दर्ता गर्ने क्रममा मियामीले १-० को जित हात पारेको हो । बिएमओ फिल्डमा भएको खेलमा मियामीको जितमा एकमात्र गोल लियोनार्डो क्याम्पानाले गरे । क्याम्पानाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन्। सुरुवाती ११ मा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर […]

October 5, 2024

नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिवार बिहान भएको खेलमा नेपालि पुरुष टोली कतारसँग ३३-० को स्कोरमा पराजित भएको हो। नेपाल समूहचरणका सबै खेलमा पराजित भएपछि मुख्य स्पर्धा बहिरको च्यालेन्ज खेल्न परेको हो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा […]

October 5, 2024

ब्याटिङ नचल्दा नेपाली टोली फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली‌ टोली क्यानडामा फेरि पराजित भएको छ । क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो । १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, […]

October 4, 2024

क्यानडाले जित्यो टि ट्वान्टी सिरिज

एजेन्सी – घरेलु टोलीले क्यानडा टि ट्वान्टी त्रिकोणात्मक सिरिज जितेको छ । ओमानलाई बिहीवार ५ विकेटले हराउँदै क्यानडा च्याम्पियन बनेको हो । नेपाल पनि सहभागी यस सिरिजमा शिर्ष स्थानमा रहँदै क्यानडाले उपाधि जितेको हो । क्यानडाले सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको थियो । क्यानडाले सिरिजमा नेपालसँगको दुवै खेलमा जित हासिल गरेको थियो । […]

October 4, 2024

चेल्सीको सुखद सुरुवात

एजेन्सी – इङ्ग्लिस क्लब चेल्सीले युरोपा कन्फेरेन्स लिगमा सुखद सुरुवात गरेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बिहीवार राति भएको खेलमा चेल्सीले बेल्जियन क्लब जेन्टलाई ४-२ ले पराजित गरेको हो । चेल्सीको जितमा क्रिस्टोफर एकुन्कु, रेनाटो वेइगा, पेड्रो नेटो र केइरमान हलले गोल गरेका हुन् । जेन्टका सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान १ गोल […]

Success

Thank you for your time.