default_image

अन्तर्राष्ट्रिय

ronaldo

March 25, 2017

पोर्चुगल विश्व कप छनोटमा आज हंगेरीको सामना गर्दै

पोर्चुगल (एजेन्सी) – विश्व कप युरोप छनोट चरण अन्तर्गत आज पोर्चुगलले घरेलु मैदानमा हंगेरीको सामाना गर्दै छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा पोर्चुगलले जित निकाल्न सके सन् २०१८ मा रुसमा हुने विश्व कपमा स्थान बनाउने सम्भावना थप मजबुद हुनेछ । पोर्चुगलले छनोटका ४ मध्ये ३ खेल जितेको छ । ९ अंकसहित पोर्चुगल दोस्रो र […]

hart

March 25, 2017

हार्टलाई लिथुआनियाविरुद्ध इङ्गल्याण्डको कप्तानीको जिम्मेवारी

इङ्ल्यान्ड (एजेन्सी) – लिथुआनियाविरुद्ध आइतबार हुने विश्व कप छनोट अन्तर्गतको खेलका लागि गोलकिपर जो हार्टले इङ्ल्यान्ड फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । म्यानचेस्टर सिटीका हार्ट इटालीको टोरिनो क्लबमा लोनमा छन् । छनोट अन्तर्गतको पाचौं खेल खेल्ने क्रममा रहेका इङ्ल्यान्डका अघिल्ला चारमध्ये २ खेल म्यानचेस्टर युनाइटेडका वेन रुनी र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले २ खेलमा […]

neymar-and-coutinho

March 25, 2017

नेइमार भन्छन – ‘कौटिन्ह्यो बार्सिलोनाका लागि उपयुक्त’

ब्राजिल (एजेन्सी)– बार्सिलोना र ब्राजिलका स्टार नेइमारका अनुसार लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्ह्यो बार्सिलोनाको लागि उपयुक्त हुने बताएका छन् । अनलाइन पोकर साइट ‘पोकस्टार’ ले सार्वजनिक गरेको भिडियोमा नेइमारले कौटिन्ह्यो बार्सिलोना टोलीका लागि ठिक खेलाडी रहेको बताएका छन् । नेइमार अनलाइन पोकर ‘पोकस्टार’ को सद्भावना दुत हुन् । ‘प्रिमियर लिगबाट बार्सिलोनाका लागि कुनै खेलाडी चाहिन्छ भने […]

Matthew Wade

March 25, 2017

निर्णायक टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलिया ३ सय रनमा अलआउट

धर्मशाला (एजेन्सी) – भारतबिरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमा अस्ट्रेलियाको पहिलो इनिङ्स ३०० रनमा सिमित भएको छ । कुलदिप यादवको ४ विकेटको मद्धतले भारतले निर्णायक टेस्टमा राम्रो सुरुवात गरेको हो । हिमाञ्चल प्रदेश एसोसिएसन क्रिकेट स्टेडियम धर्मशालामा शनिबार बाट शुरु भएको चौथो तथा अन्तिम टेष्टको पहिलो दिन नै अष्ट्रेलिया ३ सय रनमा अलआउट भएको हो । […]

buffon

March 25, 2017

कप्तान बुफोनको हजार खेल पुरा हुँदा इटालीलाई सफलता

पालेर्मो (एजेन्सी)– गोलकिपर जियनलुगी बुफोनले व्यावसायिक खेल जीवनमा एक हजार खेल पुरा गर्दा इटालीले विश्वकप छनोट अन्तर्गतको शुक्रबारको खेलमा अल्बेनियालाई २–० ले हराएको छ । सोही खेलमार्फत क्लब र राष्ट्रिय टोलीबाट गरेर इटालियन गोलपिकर बुफोनले एक हजार खेलको कोसे ढुंगा पुरा गरेका छन् । समूह ‘जी’को खेलमा इटालीले अल्बेनिया हराएपछि समान १३ अंक भएको स्पेनसँग […]

spain

March 25, 2017

विश्वकप छनोटमा स्पेनको जित

गिजोन (एजेन्सी) – विश्व कप फुटबल अन्तर्गतको युरोपेली छनोटमा स्पेनले घरेलु मैदानमा इजराइललाई ४–१ ले हराएको छ । समूह ‘जि’को खेलमा स्पेनले तेस्रो स्थानमा रहेको इजराइललाई ३ गोलको अन्तरले हराएपछि समान १३ अंक भएको इटालीलाई पछि पार्दै गोलअन्तरका आधारमा स्पेन शीर्षस्थानमा रहेको छ । इटाली दोस्रो र इजराइल ९ अंक सहित तेस्रो स्थानमा छ । […]

Afghanistan

March 24, 2017

आयरल्यान्डविरुद्धको शृंखला अफगानिस्तानको नाममा

नोएडा (एजेन्सी)– आयरल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा शुक्रबार ७ विकेटले विजयी हुँदै अफगानिस्तानले ३–२ ले श्रृखंला जितेको छ । पहिलो दुई खेल जितेको अफगानिस्ताले त्यसपछिका लगातार दुई खेल हारेको थियो । निर्णायक अन्तिम खेलमा अफगानिस्तानले बाजी मारेको हो । भारतको ग्रेटर नोएडामा २ सय ३० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रहमत शाहको शतकको मद्दतमा […]

messi

March 24, 2017

‘मेस्सी’ ब्रान्डको अर्बौ मूल्यको लागु पदार्थ पक्राउ

लिमा (एजेन्सी) – पेरु प्रहरीले लगभग १० अर्ब नेपाली रुपैया (आठ करोड अमेरिकी डलर) बराबरको कोकेन बरामद गरेको छ । अधिकांश लागु पदार्थ लियोनल मेस्सीको तस्बिर सहितका खोलहरुमा प्याक गरिएको पाइएको थियो । पेरु सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार १४ सय किलो भन्दा बढी कोकेनमा बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबल खेलाडी मेस्सीको तस्बिर थिए । […]

Rodriguez

March 24, 2017

कप्तान रोड्रिग्वेजको गोलमा कोलम्बियाको जित

ब्रानक्विला (एजेन्सी) – कप्तान हामेज रोड्रिग्वेजको गोलमा कोलम्बियाले बोलिभियालाइ १–० ले हराउदै विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोट अंकतालिकाको चौथो उक्लन सफल भएको छ ।   निकै नै रोमाञ्चक बन्दै गरेको दक्षिण अमेरिकी छनोटमा यसअघि पाँचौ स्थानमा रहेको कोलम्बियाले जितसँगै एक स्थान माथि चढेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष चार टोली […]

March 23, 2017

चिली पुन: अर्जेन्टिनाको बाधक बन्न सक्ने

मोन्टेभिडियो (एजेन्सी) – रसियामा सन् २०१८ मा हुने विश्वकप फुटबल छनोट अन्तर्गत शुक्रबार बिहान दक्षिण अमेरिकी छनोटमा कोपा अमेरिका विजेता चिली र अर्जेन्टिना आमने सामने हुदैछन्। शुक्रबार बिहान हुने खेल अर्जेन्टिनाका लागि निकै महत्वपू्र्ण छ। कोपा अमेरिका विजेता टोलीमाथि जित निकाल्न सके अर्जेन्टिनाले रसिया विश्वकपका लागि सिधै छनोट हुने सम्भावना राख्नेछ। विश्वकप छनोटको पछिल्ला चार […]

Success

Thank you for your time.