default_image

अन्तर्राष्ट्रिय

May 10, 2017

पन्जाबको प्लेअफ पुग्ने आशा जीवितै

मोहाली (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ। टस हारेपछि ब्याटिङमा उत्रिएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। कप्तान ग्लेन म्याक्स्वेलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा १ चौका र ४ […]

May 10, 2017

युभेन्टस फाइनलमा प्रवेश

टुरीन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनल चरणको दोश्रो लेगमा २-१को जितसंगै समग्रमा ४-१को अग्रता लिंदै इटालीयन क्लब युभेन्टस प्रतियोगिताको फाइनलमा पुगेको छ। युभेन्टस घरेलु मैदानमा भएको खेलमा मारीयो मान्जुकिचले ३३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको नियमित समय सकिनै लाग्दा ड्यानी आल्भेसले गोल गरेर युभेन्टसको अग्रता दोब्बर पारेका थिए। च्याम्पियन्स लिगको […]

May 9, 2017

इब्राहिमोभिचको तलब सार्वजनिक

जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् । जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल […]

May 9, 2017

च्याम्पियन्स लिग: युभेन्टसको सम्भावती सुरुवाती एघार

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगमा आज युभेन्टस र ए.एस. मोनाको भिड्दैछन्। पहिलो लेगमा २-०को जित दर्ता गरेको युभेन्टस कुनै दबाबमा छैन र सहज नतिजा दर्ता गर्दै फाइनलमा आफ्नो ठाउँ बनाउने दाउमा हुनेछ। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]

May 9, 2017

युभेन्टस र मोनाको भिड्दै

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा आज युभेन्टस र मोनाको भिड्दैछन्। मोनाकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस विजयी रहेको थियो। प्पहिलो लेगमा गोन्जालो हिगुआइनको २ गोलको मद्दतले युभेन्टस २-०ले विजयी रहेको थियो। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]

May 9, 2017

हैदराबादको प्लेअफ सम्भावना बलियो हुँदै

हैदराबाद (एजेन्सी) – इण्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदराबादले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो […]

May 9, 2017

चेल्सीको उपाधितर्फ नजिकिंदै

एजेन्सी – इंगलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ। जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ। खेलको २३ औँ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै अग्रता दिलाएका थिए भने मार्कोस अलोन्सोले ३४ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए। नेमान्जा माटिचले ६५ […]

May 8, 2017

नेयमारलाई फुटबलमा ध्यान दिन सल्लाह

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको सहायक प्रशिक्षक जुआन कार्लोस उन्जुएसंग मतभेद भएपछि प्रशिक्षण टोलीका एक सदस्यले नेयमारलाई फुटबलमा ध्यान दिन सल्लाह दिएका छन्। स्पेनी पत्रिका मार्साका अनुसार उन्जुएले नेयमारलाई खेलको रणनीतिक योजनाबारे सम्झाउन खोज्दा नेयमारलाई चित्त नबुझेको र मतभेद बढेपछि प्रशिक्षण टोलीका सदस्यले उनीहरुको कुराकानी रोकेका थिए। उक्त घटना पश्चात नेयमार खिस नभएको […]

May 8, 2017

भारतद्वारा च्याम्पियनसिप ट्रफीको टोली घोषणा

एजेन्सी – आगामी जुन महिनाबाट सुरु हुने च्याम्पियन्स ट्रफिका लागि भारतले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। विराट कोहलीको कप्तानीमा रहेको टोलीमा कुनै नयाँ खेलाडी छैनन् भने रोहित शर्मा र मोहम्मद शामीले पुनरागमन गरेका छन्। टोलीको नामावली बुझाउन अप्रिल २५ गते अन्तिम मिति तोकिएपनि भारतले आइपिएल को बहाना बनाएर ढिला नामावली बुझाएको थियो। इङ्गल्याण्डमा हुने […]

May 8, 2017

नारायण चम्किएपछि कोलकाताको जित

कोलकाता (एजेन्सी) – ओपनर सुनिल नारायणले १५ बलमै अर्धशतक पुरा गरेपछि कोलकाता नाईट राइडर्सले इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ। १ सय ५९ रनको लक्ष्य पछ्याएको कोलकातालाई क्रिस लिन र नारायण मिलेर आक्रमक सुरुवात दिलाएका थिए। दुई ओपनर मिलेर ६ ओभरमा १ सय ५ रन जोडेका […]

Success

Thank you for your time.