default_image

अन्तर्राष्ट्रिय

May 16, 2017

च्याम्पियन चेल्सीको संघर्षपुर्ण जित

लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राती चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको लिग खेलमा वाटफर्ड ४-३ गोलअन्तरले पराजित भएको छ। लिग उपाधि पक्का गरिसकेको अवस्थामा प्रशिक्षक कोन्टेले केहि मुख्य खेलाडीलाई विश्राम दिएका थिए। खेलको २२औं मिनेटमा कप्तान जोन टेरीले विलियनको कर्नरबाट आएको बललाई पोष्टको दिशा दिंदै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको […]

May 15, 2017

अलविदा व्हाइट हार्ट लेन!

सुबास हुमागाईं सन् १८९९ सेप्टेम्बर ४ तारिखका दिन खुलेको टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनको ढोका १४ मे, २०१७का दिन सदाका लागि बन्द भयो। लेनमा खेलिएको पहिलो खेलमा सुखद सुरुवात गरेको टोटेनहमले अन्तिम खेलमा पनि उत्कृष्ट नतिजा हात पार्यो। नट्स काउन्टीविरुद्ध ४-१को जित संग सुरु भएको व्हाइट हार्ट लेनसंगको सहयात्रा म्यानचेस्टर युनाईटेड विरुद्धको २-१को […]

May 15, 2017

रियलका लागि रोनाल्डोको ४०० गोल पुरा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबकै इतिहासमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोले सेभिल्लासंग जितमा पहिलो हाफमा गोल गर्दै व्यक्तिगत ४०० गोल पुरा गरेका हुन्। रोनाल्डोले अगष्ट २९, २००९का दिन डेपोर्टिभो विरुद्ध आफ्नो डेब्यु खेलमा पेनाल्टी मार्फत गोल गर्दै म्याड्रिडको लागि खाता खोलेका थिए। उनले ४०० गोलमध्य २८२ […]

May 15, 2017

टोटेनहमसंग म्यानचेस्टर युनाईटेड पराजित

लण्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनहम हट्स्परको घरेलु मैदान व्हाइट हार्ट लेनमा भएको खेलमा २-१को पराजय भोगेको छ। खेलको छैठौं मिनेटमा भिक्टर वानयामाले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले बेन डेभिसले छोटो कर्नरबाट दिएको क्रसलाई सजिलै गोलमा परिणत गरेका थिए। पहिलो हाफमा दबाबमा […]

May 15, 2017

नेयमारको ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारको ह्याट्रिकको मद्दतले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४-१ले पराजित गरेको छ। खेलको २५औं मिनेटमा लुइस सुआरेजको पासलाई सदुपयोग गर्दै नेयमारले बार्सालाई अग्रता दिलाएका थिए। त्यसको २ मिनेट नबित्दै नेयमारले दिएको पासमा सुआरेजले गोल गर्दै खेलमा बार्सिलोनाको अग्रता दोब्बर पारे। दोश्रो हाफको ६३औं मिनेटमा केभिन […]

May 15, 2017

रियलद्वारा सेभिल्ला सहजै पराजित

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा भएको खेलमा ४-१को जित हात पारेको छ। खेलको १०औं मिनेटमा नाचो फर्नान्डेजको गोलमा रियलले अग्रता बनाएको थियो। मार्को एसेन्सियोलाई फल हानेपछि पाएको फ्रिकिकलाई उनले चाडैं गोलको दिशा दिंदा सेभिल्लाका गोलरक्षकले मुकदर्शक बनेका थिए। खेलको २३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल […]

May 14, 2017

लज्जास्पद हारसंगै पन्जाब प्रतियोगिताबाट बाहिरियो

राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले राइजिङ पुने सुपरजाएन्टससंग ९ विकेटको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिलो फिल्डिङ रोजेको पुनेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पन्जाबलाई ७३ रनमा सिमित गर्यो। शार्दुल ठाकुरले ३ विकेट लिए भने जयदेव उनदकट, एडम जाम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए। पन्जाबका […]

May 14, 2017

ला लिगामा बार्सिलोना र लास पाल्मास भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लास पाल्मासंग भिड्दैछ। आफ्नो पछिल्ला ४ लिग खेलमा जित हात पारेको बार्सिलोना यस खेलमा जितसंगै शीर्षस्थानमा आफ्नो दबाब कायम राख्ने योजनामा हुनेछ। लास पाल्मास तालिकाको १४औं स्थानमा छ र उसको रेलिगेसनको डर हटिसकेको छ। लास पाल्मासका लागि यस खेलमा रियलका […]

May 14, 2017

रियलको उपाधि यात्रा रोक्ने सुरमा सेभिल्ला

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती हुने खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबाउमा सेभिल्लाको सामना गर्दैछ। अंक तालिकामा चौथो स्थानमा रहेको सेभिल्ला च्याम्पियन्स लिगको लागि लगभग छनोट भइसकेको अवस्थामा रियल म्याड्रिडको उपाधि यात्रामा रोक लगाउने सेभिल्लाको प्रयास हुनेछ। शीर्ष २ स्थान ओगटेका म्याड्रिड र बार्सिलोनाको समान अंक छ भने म्याड्रिडले १ […]

May 14, 2017

आर्सनलको सहज जित

एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले स्टक सिटीलाई उसकै घरेलु मैदानमा ४-१को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा हेक्टर बेलेरिनको पासलाई सदुपयोग गर्दै ओलिभिएर जिरूडले आर्सनललाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा एलेक्सिस स्यान्चेजको पासमा मेसुट ओजिलले गोल गर्दै २ गोलको अग्रता बनाए। पिटर क्राउचले हेडीङ्ग गर्ने […]

Success

Thank you for your time.