default_image

अन्तर्राष्ट्रिय

Brasil Global Tour - Brazil v Argentina

June 9, 2017

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ । करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए । नेयमारको अनुपस्थितीमा […]

June 9, 2017

ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ। नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको […]

June 9, 2017

इब्राहिमोभिचसँग नयाँ सम्झौता गर्न युनाइटेड अनिच्छुक

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]

June 9, 2017

भारतको ऐतिहासिक हार

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ। ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। […]

June 8, 2017

कोष्टाले अर्को सिजन चेल्सी छाड्ने पक्का

एजेन्सी – गत सिजन प्रिमियर लिग उपाधि जित्दा चेल्सीका सर्वाधिक गोलकर्ता रहेका स्पेनिश फरवार्ड डिएगो कोष्टाले अर्को सिजन क्लब छाड्ने भएका छन्। चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टालाई व्यक्तिगत सन्देशमार्फत अर्को सिजन उनि प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टाले प्रशिक्षक कोन्टेले उनलाई क्लब छाड्न खुला छाडेको जानकारी दिए। कोष्टाले चेल्सीका लागि गत सिजन २२ गोल गरेका […]

June 8, 2017

पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी […]

James

June 7, 2017

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ । रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड […]

Hazard

June 7, 2017

हाजार्डले दिए रियलबाट खेल्न चाहेको संकेत

बेल्जियम (एजेन्सी)– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले रियल म्याड्रिडबाट कुनै प्रस्ताव आएमा त्यस बारे आफुले विचार गर्न तयार रहेको बताएका छन् । चेल्सीलाई यो सिजन प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डको नाम धेरै अघिदेखि रियलसँग जोडिदै आएपनि यसपटक भने उनले रियलबाट खेल्न चाहेको संकेत गरेका छन् । रियलबाट खेल्न सक्ने सम्भावनाको बारेमा चर्चा […]

June 7, 2017

मेस्सीले आफ्नो विवाहमा प्रशिक्षक इनरिकेलाइ नबोलाउने

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आगामी जुन ३० तारिखका दिन विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेममा रहेका मेस्सी र एन्टोनेल रोक्कुजोले अर्जेन्टिनामा केहि सातापछि लगनगाँठो कस्ने भएका हुन्। विवाहका लागि मेस्सीले बार्सिलोनाबाट खेल्दै आएका सम्पूर्ण २१ जना खेलाडीलाई निम्तो दिइसकेका छन् भने पूर्व खेलाडी जाभी हर्नान्डेज पनि उपस्थित रहने […]

June 7, 2017

जितसँगै इङ्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत मंगलबार भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गर्दै आयोजक राष्ट्र इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भएको छ। पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.३ ओभरमा अलआउट हुनुअघि ३ सय १० रनको विशाल योगफल खडा गरेको थियो। ओपनर एलेक्स हेल्सले ५६ रन तथा जो रुटले ६४ रन बनाएपछि घरेलु टोलीले राम्रो सुरुवात […]

Success

Thank you for your time.