June 14, 2017
ताजिकिस्तान (एजेन्सी) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत समुह ‘एफ’ को मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानलाई ३-४ ले हराउदै फिलिपिन्स शिर्षस्थानमा कायमै रहेको छ । फिलिपिन्सले फिल यङहस्बेन्डको २७औं मिनेटको गोलमा अग्रता लिएको थियो। प्याटिनोले ४१औं र ४८औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई ३-० ले अघि बढाएका थिए। घरेलु टोलीका उमारबाहेभको ६१औं मिनेटमा […]
June 14, 2017
स्पेन (एजेन्सी) – म्याड्रिड स्थित स्पेनिस न्यायाधिशहरुले रोनाल्डो माथि कर छलीको आरोप लगाउदै उनि विरुद्ध मुद्दा दर्ता गरेका छन् । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाउदै मुद्दा चलाएको हो । “रोनाल्डोले २०१० मा बनाइएको व्यापारीक संरचनाको प्रयोग गर्दै आफ्नो स्पेनको आम्दानी लुकाएका छन्, ” न्यायाधिशहरुको […]
June 14, 2017
फ्रान्स (एजेन्सी) – ह्यारी केनले दुइ गोल गरेपनि १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा इङ्ल्याण्ड ३-२ ले पराजित भएको छ । इङ्ल्याण्डका लागि ह्यारी केनले रायन बर्टर्यान्डको पासमा पोस्ट नजिकैबाट नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने स्यामुएल उम्टिटिले २२औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी गरेका थिए । फ्रान्सले जिब्रिल सिडिबेको गोलमा […]
June 13, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत सोमबार भएको श्रीलंका विरुद्धको खेलमा ३ विकेटको रोमान्चक जित दर्ता गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको श्रीलंका ४९.२ ओभर खेल्दै २ सय ३६ रनमा अलआउट भएको थियो। श्रीलंकाका लागि ओपनर डीक्वेलाले ७३ रनको योगदान दिएका थिए। कप्तान एन्जेलो म्यथुजले मध्यक्रममा ३९ रङ बनाएर पारीलाइ सम्हालेका थिए। […]
June 12, 2017
म्याड्रिड (एजेन्स) – स्पेनको रियल म्याड्रिड छाडेको झन्डै दशक पछि ब्राजिलियन फुटबल हस्ती रोनाल्डो रियल म्याड्रिड लेजेन्ड्सबाट पुनः खेलमा फर्कदा निकै फरक देखिएका छन् । व्यवसायिक फुटबल छाडेको ६ वर्ष पछि मैदानमा लेजेन्ड्सहरुको खेलमा देखिएका रोनाल्डोले ३३ मिनेट खेलेका थिए । त्यो खेलमा रियल लेजेन्ड्सले रोमाका पूर्व खेलाडीको टोलीमाथि ४–० को जित हासिल गरेको थियो […]
June 12, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘आइ’को खेलमा क्रोएसियाले आइसल्याण्डको घरेलु मैदानमा १-०को हार व्येहोरेको छ। छनोटमा अपराजित रहेको क्रोएसियाको यो पहिलो पराजय हो। हेडर म्याग्नसनले खेलको ९०औं मिनेटमा गोल गरेपछि आइसल्याण्डले घरेलु मैदानमा जित हात पारेको थियो। जिल्फी सिगर्डसनको कर्नरमा हेडर मार्फत गोल गर्दै म्याग्नसनले टोलीलाई ३ महत्त्वपूर्ण अंक दिलाएका थिए। […]
June 12, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको इटालीले ठुलो विजय हासिल गरेको छ। इटालीले घरेलु मैदानमा लिक्टेनस्टाइन विरुद्ध ठुलो विजय हात पार्यो। यसैगरी घरेलु मैदानमा लिक्टेनस्टाइनलाई ५-०ले पराजित गर्दै इटालीले पनि आफ्नो अपराजित यात्रा कायमै राख्यो। पहिलो हाफको ३५औं मिनेटमा लोरेंजो इन्सिग्नेको गोलले अग्रता लिएको इटालीले दोश्रो हाफमा ४ गोल गरेको […]
June 12, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको स्पेनले झिनो अन्तरले जित हासिल गरेको छ। म्यासेडोनियाको घरेलु मैदानमा स्पेनले विजय हासिल गर्दै आफ्नो अपराजित यात्रा जारि राख्यो। म्यासेडोनियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले २-१को कठिन जित दर्ता गर्यो। डेविड सिल्भाले इनीएस्टाको पास सदुपयोग गर्दै १५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका […]
June 12, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइअबर भएको खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै भारतले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले राम्रो सुरुवात पाएपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसकेपछि ४५औं ओभरमा १ सय ९१ रन जोड्दै अलआउट हुन पुग्यो। क्विन्टन डे कक् र हसिम अमलाले ७६ रनको साझेदारी गर्दै टोलीलाई […]
June 11, 2017
एजेन्सी – स्पेनिस खेलाडी राफेल नाडालले स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई सोझो सेटमा पराजित गर्दै व्यक्तिगत १०औं फ्रेन्च ओपन उपाधि जितेका छन्। यो उनको करियरको १५औं ग्रयाण्डस्ल्याम उपाधि पनि हो। चौथो वरियताका नाडालले तेश्रो वरियताका वावरिन्कालाई ६-२, ६-३ र ६-१को सोझो सेटमा पराजित गरेका हुन्। ३२ वर्षीय वावरिन्काको यो फाइनलमा पहिलो हार पनि हो। उनले यसअघिका ३ […]