May 27, 2017
एजेन्सी – स्पेनिस ला लिगामा दोश्रो स्थान हासिल गरेसँगै बार्सिलोनाको यस सिजनको उपाधि जित्ने अन्तिम आशा कोपा डेल रेमा अडिएको छ। आज हुने फाइनल खेलमा उसले उपाधिको लागि आलाभेसको सामना गर्दैछ। बार्सिलोनाको लागि फाइनल खेलमा लुइस सुआरेज र सर्जी रोबर्टो उपलब्ध हुनेछैनन्। दुवै खेलाडी यस खेलका लागि प्रतिबन्धित रहेका छन्। चोटका कारण राफिन्हा पनि विश्राममा […]
May 27, 2017
एजेन्सी – दुई लन्डन टोली चेल्सी र आर्सनल सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेलमा एफ ए कप उपाधिको लागि आमनेसामने हुँदैछन्। लिग उपाधि जितिसकेको चेल्सी दोहोरो उपाधिसँगै सिजन अन्त्य गर्ने धुनमा छ भने २० वर्षपछि च्याम्पियन्स लिगमा पुग्न असफल रहेको आर्सनल सिजनलाई सुखद अन्त्य दिने सुरमा हुनेछ। चोटका कारण ग्याब्रिएल पाउलिस्टा विश्राममा रहेको र लौरेंट कोसिएलनी प्रतिबन्धका […]
May 27, 2017
रोम (एजेन्सी)– फ्रान्सिको टोट्टीले इटालियन क्लब रोमासँगको लामो यात्राको अन्त्य गर्दैछन् । अर्को तिर उनै टोट्टीसँग कुनै बेला खेल्ने अवसर जुरेको रियल म्याड्रिडका पूर्व स्टार डेभिड ब्याकह्यामले बताएका छन् । उनले पुरानो प्रसंग स्मरण गर्दै टोट्टीले आफुलाई रोमामा खेल्न राजी गराइ सकेको बताए । टोट्टी आइतबार रोमाबाट अन्तिम पटक उत्रने तयारीमा छन् । इटालियन सिरि […]
May 27, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन इटालीको सिरी ‘ए’ मा खेल्न सक्ने सम्भावना छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो। यो सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि मिलानले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल […]
May 26, 2017
स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]
May 26, 2017
एजेन्सी – प्रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई अर्को वर्ष हुने विश्वकपका लागि मध्यनजर गर्दै विश्राम दिइएको जर्मन फुटबल फेडेरेसनले जनाएको छ। आर्सनलका मेसुट ओजिलसँगै युभेन्टसका सामी खेडिरा, बोरुसिया डर्टमुण्डका मारको रीउस, जुलियन वाइगल लगायतका […]
May 26, 2017
एजेन्सी – प्रशिक्षक फर्नान्डो सान्टोसले अर्को महिने हुने पोर्चुगलका अन्तर्राष्ट्रिय खेलहरुका लागि २४ सदस्यीय टोली घोषणा गरेका छन्। पोर्चुगलले रसियामा हुने कन्फेडेरेसन कपका साथसाथै साइप्रससँग मैत्रीपूर्ण खेल र लाट्भीयासँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्दैछ। रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी […]
May 26, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोल गर्ने खेलाडी वायन रुनीले क्लब छोड्ने संकेत गरेका छन् । उनले खेल जीवनको अर्को कदमका लागि आफुसँग थुप्रै विकल्प रहेको उल्लेख गर्दै क्लब छोड्न सक्ने जनाएका छन् । युनाइटेडका कप्तान समेत रहेका उनले भविष्यका लागि आफुसँग धेरै प्रस्ताव आएको दाबी गरेका छन् । जोजे माउरिन्हो युनाइटेडको प्रशिक्षकका रुपमा युनाइटेडमा […]
May 25, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी आगामी महिना हुने विश्वकप छनोटको लागि घोषणा गरिएको टोलीबाट बाहिरिएका छन्। इङ्गल्याण्डले अर्को महिना फ्रान्ससँग मैत्रीपूर्ण खेल र रसियासँग विश्वकप छनोटको खेल खेल्दैछ। ३१ वर्षीय फरवार्ड रुनी हाल म्यानचेस्टर युनाइटेडको नियमित खेलाडी नरहेकाले उनले टोलीमा स्थान बनाउन नसकेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका […]
May 25, 2017
एजेन्सी – यस सिजनको युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्टस भिड्दैछन्। साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक उपाधि रक्षा गर्ने टोली बन्ने दाउमा छ भने युभेन्टस च्याम्पियन्स लिग फाइनलमा लगातार तेश्रो हारबाट बच्ने सुरमा हुनेछ। संयोगबस यस खेलमा दुवै टोलीका स्ट्राइकर आफ्नो पुर्वक्लबविरुद्ध उत्रदैछन्। युभेन्टसका स्टार […]